भाइरल भिडियोबारे रास्वपा सांसद सृष्टि भट्टराईको स्पष्टीकरण: ‘यो पुरानो र निजी क्षण हो’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल भइरहेको आफ्नो भिडियोबारे स्पष्टीकरण दिएकी छन्।

गुडिरहेको कारको झ्यालबाट बाहिर निस्किएर रमाइलो गरिरहेको उक्त भिडियो सार्वजनिक भएपछि उनले शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।

सांसद भट्टराईका अनुसार उक्त भिडियो हालको नभई आफू सार्वजनिक जिम्मेवारी र सरकारी नियुक्तिमा आउनुभन्दा धेरै अघिको निजी क्षणसँग सम्बन्धित हो।

‘यो भिडियो मेरो हालको सार्वजनिक जिम्मेवारी वा सरकारी नियुक्तिभन्दा अगाडिको निजी समयसँग सम्बन्धित रहेको कुरा स्पष्ट गर्न चाहन्छु,’ उनले भनेकी छन्। त्यतिबेला आफू सवारी चालक नभई यात्रुको रूपमा रहेको र उक्त क्षण केवल रमाइलोका रूपमा कैद गरिएको उनको भनाइ छ।

सार्वजनिक पदमा रहे पनि निजी जीवन जिउने अधिकार रहने उल्लेख गर्दै उनले व्यक्तिगत क्षणका आधारमा अनावश्यक आलोचना गर्नु उपयुक्त नहुने बताएकी छन्। उनले भनिन्, ‘सार्वजनिक पदमा रहे पनि व्यक्तिले आफ्नो निजी जीवनका सामान्य क्षणहरू जिउने अधिकार गुमाउँदैन।’

भिडियोमा देखिएको गतिविधि ट्राफिक नियम र सडक सुरक्षाका दृष्टिले उपयुक्त नहुन सक्ने स्वीकार गर्दै उनले भविष्यमा यस्ता गतिविधि दोहोर्‍याउने छैन भन्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

छोटो र पुरानो भिडियोका आधारमा व्यक्तिको चरित्र र जिम्मेवारीबोधको मूल्याङ्कन नगर्न उनले आग्रह गरेकी छन्। व्यक्तिको समग्र कार्यसम्पादन, व्यवहार र योगदानका आधारमा मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ छ।

आफू आफ्नो जिम्मेवारीप्रति पूर्ण प्रतिबद्ध रहेको र जनताको विश्वासलाई सम्मान गर्दै इमान्दारिताका साथ काम गरिरहने पनि उनले स्पष्ट पारेकी छन्।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...