नेपाली चिया निर्यातको अवरोध हटाउन कूटनीतिक पहल जारी : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन सरकार कूटनीतिक तहबाट सक्रिय पहल गरिरहेको बताएका छन्।

बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठ नेतृत्वको टोलीले मन्त्री खनालसँग भेट गरी भारततर्फ नेपाली चिया निर्यातमा देखिएको समस्या समाधानका लागि कूटनीतिक पहल गरिदिन आग्रह गरेको थियो।

भेटका क्रममा टोलीले भारतीय चिया बोर्डले लागू गरेको नयाँ व्यवस्थाका कारण नेपाली चिया उद्योग प्रभावित भएको भन्दै त्यसबाट उत्पन्न समस्याबारे परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएको थियो।

सो अवसरमा परराष्ट्रमन्त्री खनालले चिया निर्यातमा देखिएको अवरोधप्रति सरकार गम्भीर रहेको र यस विषयमा भारतीय पक्षसँग निरन्तर संवाद भइरहेको जानकारी दिए।

‘चिया निर्यातमा देखिएका समस्या समाधानका लागि भारतीय अधिकारीहरूसँग कुराकानी अघि बढिसकेको छ,’ उनले भने, ‘समस्याको समाधानका लागि कूटनीतिक तहबाट ठोस पहल भइरहेको छ र भारतीय पक्षबाट प्राप्त जानकारीअनुसार छिट्टै सकारात्मक निकास निस्कने अपेक्षा गरेका छौँ।’

उनले चियालगायत अन्य नेपाली वस्तुको निर्यातमा बेला–बेलामा देखिने यस्ता समस्याको दीर्घकालीन समाधानका लागि पनि भारतीय पक्षसँग छलफल भइरहेको बताए।

महासङ्घका अध्यक्ष श्रेष्ठले वार्षिक १२ देखि १४ अर्ब रुपैयाँसम्मको कारोबार हुने चिया क्षेत्र संकटमा पर्दा समग्र अर्थतन्त्र तथा लाखौँ नागरिकको जीविकोपार्जनमा प्रत्यक्ष असर पर्ने उल्लेख गर्दै समस्या शीघ्र समाधान गर्न सरकारसँग आग्रह गरे।

भेटमा सहभागी सांसदद्वय गणेश पराजुली र रहबर अन्सारीले चिया निर्यातमा देखिएको समस्या अल्पकालीन तथा दीर्घकालीन दुवै दृष्टिकोणबाट समाधान गर्न आवश्यक रहेकोमा जोड दिएका थिए।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...