कागेश्वरी मनोहरा नगर समितिको प्रथम वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न

 

ग्यास विक्रेता संघ नेपाल, काठमाडौं अन्तर्गत कागेश्वरी मनोहरा नगर समितिको प्रथम वार्षिक साधारण सभा काठमाडौंस्थित हाइली क्रियटिभ स्कुलमा भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता कागेश्वरी मनोहरा नगर समितिका अध्यक्ष प्रकाश लामिछानेले गरेका थिए भने कार्यक्रम सञ्चालक बसन्तराज पोखरेलले गरेका थिए। प्रमुख अतिथिका रूपमा कागेश्वरी मनोहरा नगरपालिका–७ का कार्यवाहक अध्यक्ष भक्त थापा उपस्थित थिए। त्यसैगरी, विशिष्ट अतिथिका रूपमा ग्यास विक्रेता महासंघ नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालको उपस्थिति रहेको थियो।

कार्यक्रममा अतिथिका रूपमा बृदिगम्भीर पण्डित, महेश्वर चापागाईं, हरिकृष्ण ढकाल, रामप्रसाद ज्ञवाली, गेहेन्द्र रिजाल, कुञ्ज गेटे, रविन कार्की, डिलराज भट्टराई, हेमबहादुर थापा, मञ्जु थापालगायत विभिन्न ग्यास डिलर तथा व्यवसायिक संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सभाको अवसरमा सदस्यहरूलाई परिचयपत्र (आईडी कार्ड) तथा सम्मानपत्र/प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा संस्थागत गतिविधि, व्यवसायिक चुनौती, उपभोक्ता सेवा र आगामी योजनाका विषयमा समेत विस्तृत छलफल गरिएको थियो।

आयोजक ग्यास विक्रेता महासंघ नेपाल तथा नेपाल ग्यास उद्योग प्रा.लि., बालाजु, काठमाडौं को प्रायोजनमा आयोजित कार्यक्रममा विशेष आकर्षणका रूपमा उपभोक्ता जनचेतनामूलक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो। उक्त कार्यक्रममा ग्यासको सुरक्षित प्रयोग, ग्यास सिलिन्डर तथा पाइपबाट हुन सक्ने चुहावटको पहिचान, चुहावट भएमा अपनाउनुपर्ने सावधानी, आगलागी नियन्त्रणका उपाय तथा सम्भावित दुर्घटनाबाट बच्ने विधिबारे प्रयोगात्मक रूपमा प्रशिक्षण प्रदान गरिएको थियो।

 

प्रशिक्षकहरूले ग्यास चुहावट भएको अवस्थामा तत्काल के गर्ने, आगो लागेमा कसरी नियन्त्रण गर्ने, घर तथा व्यवसायिक प्रतिष्ठानमा ग्यास प्रयोग गर्दा ध्यान दिनुपर्ने सुरक्षा मापदण्डलगायत विषयमा प्रत्यक्ष प्रदर्शनसहित जानकारी दिएका थिए। सहभागीहरूले समेत प्रशिक्षणबाट महत्वपूर्ण ज्ञान हासिल गरेको बताएका थिए।

कार्यक्रमको समापन गर्दै वक्ताहरूले सुरक्षित ग्यास प्रयोग, व्यवसायिक अनुशासन तथा उपभोक्ता हितलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए। सहभागीहरूले यस्ता जनचेतनामूलक तथा सीपमूलक कार्यक्रमले व्यवसायी र उपभोक्ता दुवैलाई लाभ पुग्ने विश्वास व्यक्त गरेका थिए।

छुटाउनुभयो कि ?

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

जुन अंगमा समस्या, त्यही अंगको पूजा गर्ने अनौठो बिजेश्वरी योगिनी मन्दिर

काठमाडौंको शोभा भगवती मन्दिरमाथिको डाँडामा अवस्थित बिजेश्वरी योगिनी मन्दिर धार्मिक आस्था, तान्त्रिक परम्परा र ऐतिहासिक महत्वका क...
जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

जागिरको लागि पुजा गरिने शक्तिपीठ शोभा भगवती मन्दिर

शोभा भगवती मन्दिर उपत्यकाको प्राचीन तथा प्रसिद्ध शक्तिपीठमध्ये एक मानिन्छ। वर्षभरि दर्शनार्थीको घुइँचो लाग्ने यस मन्दिरमा विशे...
सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सवारी कारबाहीबाट कर्णालीमा रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

सुर्खेत। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले गत आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गर...
अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

अदालतले हिरासतमा राख्न अनुमति नदिएपछि दुर्गा प्रसाईं रिहा

राजावादी आन्दोलनको घोषणा गरेपछि पक्राउ परेका दुर्गा प्रसाईं एक दिनमै रिहा भएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता ...
दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

दार्चुलामा ८५ दिनमै झोलुङ्गे पुल निर्माण, उद्घाटनसँगै हर्क साम्पाङले गरे संगठन विस्तार

खलङ्गा (दार्चुला) — दार्चुलाको व्यास गाउँपालिका–२, काठादुम्लिङमा श्रमदानमार्फत निर्माण गरिएको ७२ मिटर लामो झोलुङ...
टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

टोखा बक्सिङ क्लबको भव्य उद्घाटन, अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

काठमाडौं, टोखा। टोखा नगरपालिका–१० स्थित मनोहर माध्यमिक विद्यालय परिसरमा टोखा बक्सिङ क्लबको औपचारिक तथा भव्य उद्घाटन कार्यक्रम ...
बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

बिना हेलमेट बुलेट बाइक चलाएका सुदूरपश्चिमका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा

काठमाडौं। सवारी नियम उल्लंघन गर्दै बिना हेलमेट बुलेट मोटरसाइकल चलाएको घटनामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट...
सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

सिंहदरबार घेराउ गर्न अघि बढेका दृष्टिविहीनलाई प्रहरीले बीचमै रोक्यो

काठमाडौं। आफ्ना मागको सम्बोधनका लागि सिंहदरबार घेराउ गर्न माइतीघरबाट अघि बढेका दृष्टिविहीन प्रदर्शनकारीलाई प्रहरीले बीचबाटोमै ...