जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिको आधुनिकीकरण आवश्यक : राष्ट्रपति

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिमा आधुनिकीकरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

२३औँ राष्ट्रिय धान दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले कृषिलाई आधुनिक र व्यावसायिक बनाउँदै विदेश पलायन हुन बाध्य जनशक्तिलाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने बताए। यसबाट धान तथा चामलको आयात घटाई देशलाई आत्मनिर्भर बनाउन सकिने उनको भनाइ छ।

राष्ट्रपतिले श्रम संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर बन्न सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिँदै कृषि केवल जीविकोपार्जनको माध्यम नभई सम्मानित र आकर्षक व्यवसायका रूपमा विकास गर्न सबैलाई आह्वान गरेका छन्। साथै, त्यसका लागि सम्बन्धित निकायले आवश्यक नीति, योजना र सहयोग उपलब्ध गराउनुपर्ने उल्लेख गरेका छन्।

धान रोपाइँको महिना नेपाली कृषि संस्कृति र जीवनशैलीसँग गहिरो रूपमा जोडिएको उल्लेख गर्दै उनले हिलोमा रमाउँदै धान रोप्ने परम्परा तथा दही–चिउरा, अचारजस्ता परिकारले असार १५ लाई विशेष बनाएको बताए।

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण धान उत्पादनमा बढ्दो नकारात्मक असर देखिएको उल्लेख गर्दै जलवायुमैत्री प्रविधिको प्रयोगमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्न सरकार, किसान तथा सरोकारवाला सबै पक्ष सचेत हुनुपर्ने आवश्यकता औँल्याएका छन्।

उनले नेपालमा बढ्दो कृषि परनिर्भरताको अन्त्य गर्न धान उत्पादन, आधुनिकीकरण र व्यवसायीकरणलाई प्राथमिकता दिनुपर्ने बताए। यस वर्ष ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित राष्ट्रिय धान दिवस मनाइँदै छ।

संविधानले खाद्यसम्बन्धी हकलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै राष्ट्रपति पौडेलले कृषकलाई आवश्यक कृषि सामग्री, उत्पादनको उचित मूल्य तथा बजार पहुँच सुनिश्चित गर्न राज्य गम्भीर हुनुपर्ने बताए।

शुभकामना सन्देशमा उनले नेपालमा धानखेती अझै पनि वर्षामा निर्भर रहेको उल्लेख गर्दै धानखेतीयोग्य जमिनमा पर्याप्त सिँचाइ सुविधा विस्तार गर्न राज्यले विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...