‘किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरता अपरिहार्य’ : गगन थापा

काठमाडौं । राष्ट्रिय धान दिवस तथा असार १५ का अवसरमा नेपाली कांग्रेसका सभापति गगन थापाले सम्पूर्ण किसान तथा नेपाली जनसमुदायमा शुभकामना व्यक्त गर्दै किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरतामा जोड दिएका छन्।

शुभकामना सन्देश जारी गर्दै थापाले नेपाल कृषि प्रधान देश भएकाले कृषि राष्ट्रको सभ्यता, संस्कृति र अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गरेका छन्। खेतबारीमा पसिना बगाएर देशको खाद्य सुरक्षा सुनिश्चित गर्ने किसानप्रति उच्च सम्मान व्यक्त गर्दै उनले असार १५ किसानको श्रम, सङ्घर्ष, आशा र आत्मनिर्भरताको पर्व भएको बताएका छन्।

उनले नेपालको संविधानले प्रत्येक नागरिकको खाद्यसम्बन्धी हकलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै धान उत्पादन वृद्धि गर्नु केवल कृषि कार्य मात्र नभई संविधानको मर्म कार्यान्वयनसँग पनि प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताएका छन्।

थापाले हरेक वर्ष किसानले गुणस्तरीय बीउ, मल, सिँचाइ सुविधा तथा उत्पादनको उचित मूल्य नपाउने समस्या झेल्नुपरेको उल्लेख गर्दै धान खेती अझै पनि वर्षामा निर्भर रहनु दुःखद रहेको बताएका छन्। जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा थप चुनौती उत्पन्न भइरहेको भन्दै उनले यसतर्फ सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याएका छन्।

यस वर्षको राष्ट्रिय धान दिवसको नारा ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ लाई स्मरण गर्दै उनले मौसमअनुकूल तथा वातावरणमैत्री कृषि प्रविधिको विस्तार आजको आवश्यकता भएको बताएका छन्। आधुनिक प्रविधिको प्रयोगमार्फत धान उत्पादन वृद्धि गरी चामल आयातमा निर्भरता घटाउन सकिने उनको विश्वास छ।

थापाले सिँचाइ प्रणालीको विस्तार, आधुनिक कृषि प्रविधिको प्रयोग, उन्नत बीउ, गुणस्तरीय मल, पर्याप्त भण्डारण सुविधा तथा किसानले उत्पादनको उचित मूल्य पाउने सुनिश्चित व्यवस्था गर्न सरकार र सम्बन्धित निकायले प्राथमिकता दिनुपर्ने बताएका छन्। साथै, कृषिलाई सम्मानित, मर्यादित र आकर्षक पेसाका रूपमा स्थापित गर्न सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको उनले उल्लेख गरेका छन्।

सन्देशको अन्त्यमा थापाले राष्ट्रिय धान दिवस तथा असार १५ ले अन्नदाता किसानप्रतिको सम्मान अझ सुदृढ बनाउँदै खाद्य सुरक्षा, कृषि आधुनिकीकरण र समृद्ध नेपालको यात्रामा सबैलाई प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...