सिक्किममा जगदगुरु शिव शक्ति बाबाको दिव्य आशीर्वाद कार्यक्रम भव्य रूपमा सम्पन्न

जगद्गुरु शिव शक्ति बाबाको दुईदिने आशिर्वाद कार्यक्रम सिक्किममा  भव्य र श्रद्धापूर्वक सम्पन्न भएको छ। असार २७ र २८ गते सम्पन्न उक्त कार्यक्रममा हजारौँ श्रद्धालु भक्तजनको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व (VIP), SHO Police, सरकारी कर्मचारी, समाजसेवी, व्यवसायी तथा सर्वसाधारण भक्तजन सहभागी भई जगद्गुरु शिव शक्ति बाबाको दर्शन तथा आशीर्वाद प्राप्त गरेका थिए। कार्यक्रमस्थलमा बिहानदेखि नै भक्तजनहरूको ठूलो भीड लागेको थियो।

यस विशेष आध्यात्मिक कार्यक्रमको व्यवस्थापन तथा समन्वय अन्तर्राष्ट्रिय कथा वाचक रोहित राज महाराजको विशेष पहल र नेतृत्वमा गरिएको थियो। कार्यक्रमलाई व्यवस्थित, मर्यादित र सफल बनाउन स्वयंसेवकहरूको टोलीले समेत सक्रिय भूमिका निर्वाह गरेको थियो।

हजारौँ भक्तजनको उपस्थितिका बाबजुद कार्यक्रम अत्यन्त अनुशासित, शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन भएकोमा जगद्गुरु शिव शक्ति बाबाले विशेष खुसी व्यक्त गर्दै सम्पूर्ण आयोजक टोली, स्वयंसेवक तथा सहयोगीहरूप्रति आभार प्रकट गर्नुभएको बताइएको छ।

कार्यक्रममा सहभागी भक्तजनहरूले बाबाबाट आध्यात्मिक ऊर्जा, प्रेरणा तथा आशीर्वाद प्राप्त गरेको अनुभूति व्यक्त गरेका थिए। उनीहरूले यस्ता आध्यात्मिक कार्यक्रमले समाजमा सकारात्मक सोच, नैतिकता, मानवता र आपसी सद्भाव प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत व्यक्त गरेका छन्।

कार्यक्रम सफल बनाउन दिनरात खटिएका आयोजक, व्यवस्थापन टोली तथा स्वयंसेवकहरूको सेवाभावको सिक्किमवासीहरूले खुलेर प्रशंसा गरेका छन्। विशेषगरी भक्तजनहरूको भीडलाई व्यवस्थित ढंगले सञ्चालन गरिएको भन्दै स्थानीयवासीले यसलाई उदाहरणीय व्यवस्थापनको रूपमा लिएका छन्।

कार्यक्रमको समापनपछि सिक्किमवासीहरूले जगद्गुरु शिव शक्ति बाबा तथा सम्पूर्ण आयोजक टोलीप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि यस्ता आध्यात्मिक तथा प्रेरणादायी कार्यक्रमहरू निरन्तर आयोजना हुने अपेक्षा गरेका छन्। 🙏

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...