डोटीः डोटीमा एक जनाको घरको दिवाल भत्किदा २ वटा बाख्रा मरेका छन्।जिल्लाको शिखर नगरपालिका–६ मटेलाका यज्ञ लुहारको एक तले दुई कोठे घरको बिचको दिवाल भत्किदा सोमवार गोठमा बाँधेका आठ वटा बाख्रा मध्ये २ वटा बाख्रा मरेका प्रहरीले जनाएको छ। अन्य ६ वटा बाख्राको भने जिबितै उद्धार गरिएको जनाइएको छ।
अछाम। अछाममा किशोरी मृत्यु प्रकरणमा प्रहरीले २ जनालाई सोधपुछको लागी नियन्त्रणमा लिएको छ। आइतवार साँझ जिल्लाको ढकारी गाउँपालिकाबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने दुवै जना २० वर्ष भन्दा कम उमेरका हुन्। जिल्लाको ढकारी गाउँपालिका ८ कि १५ वर्षीया सरस्वती खड्का र १४ वर्षकी ईश्वरी खड्काको ढकारी गाउँपालिकाकै वडा नम्बर १ स्थित सामुदायिक वनमा शनिवार बेलुकी शव फेला परेको थियो। शुक्रवार बिहान घरबाट बाख्रा चराउन गएका उनीहरू त्यही दिनबाट सम्पर्क विहीन भएका थिए। शनिवार शङ्कास्पद अवस्थामा शव फेला परेसँगै आफन्तले हत्याको आशङ्का गरेका हुन। परिवारका सदस्यहरूले हत्या भएको भन्दै छानबिनको लागी स्थानीय प्रशासनसँग माग गरेको छन्। शव क्षतविक्षत अवस्थामा अलग अलग ठाउँमा फेला परेका थिए। मृतक दुवै जना एउटै परिवारका हुन। मृतक मध्य सरस्वती फुपू र ईशरा भदैनी नाता पर्छन्। शङ्कास्पद व्यक्तिका बारेमा परिवार...
धनगढीः कैलालीमा छाउगोठमा सुतिरहेको अवस्थामा महिलामाथि बाघले आक्रमण गरेको छ।जिल्लाको मोहन्याल गाउँपालिका–७ कुइनेमा ४५ वर्षीय सरस्वती बिटालुलाई गएराति बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले घर नजिकै छाउगोठमा सुतिरहेको अवस्थामा बिटालुलाई बाघले आक्रमण गरेको बताए ।...
काठमाडौं । काठमाडौंको ठमेलस्थित ड्रेन्किङ इन गेस्टहाउसमा एक युवतीको शव फेला परेको छ । उक्त गेस्टहाउसको २०२ नम्बर कोठामा रसुवाको तातोपानीकी २१ वर्षीया समिरा तामाङको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।
आइतबार (आज) बिहान शव फेला परेको हो । के कति कारणले उनको मृत्यु भएको भन्नेबारे थप अनुसन्धान भइरहेको काठमाडौं परिसरकी प्रवक्ता एवं डीएसपी पूर्णिमा चन्दले जानकारी दिइन् ।...
धनगढी । धनगढीमा भाइको कैँची प्रहारबाट सहोदर दाइको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१७ दिपनगर टोलका लालबहादुर बोहराको गएराति हत्या भएको हो। जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले घरायसी विवादमा बोहरामाथि उनकै सहोदर भाइ प्रकाश बोहराले कुटपिट गरेको बताए। उनको घाँटीमा कैँची प्रहार गरिएको थियो। कैँची प्रहारबाट गम्भीर घाइते भएका बोहरालाई राति नै धनगढीको निसर्ग अस्पताल पुगाइएको थियो। तर, उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक खड्काले बताए। बोहराको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। उनका भाइ प्रकाशलाई भने जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ।...
१२ माघ, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्ने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
संघीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । प्रमुख सचेतक घिमिरेका अनुसार बैठक दुई दिन चल्नेछ ।
सरकारले ल्याएका अध्यादेशमाथि छलफल, आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकहरू तथा यसअघि नै प्रस्तुत भइसकेका तर, विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरूमाथि समेत छलफल गर्न दलको बैठक बोलाइएको घिमिरेले बताए ।
आउँदो १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् ।
संसद् अधिवेशन बोलाउन सिफारिस गर्नु केही दिनअघि सरकारले ६ अध्यादेश ल्याएको थियो । ती अध्यादेश पनि राष्ट्रपतिबाट जारी भइ...
बैतडीः बैतडीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
जिल्लाको सिगास गाउँपालिका–१ मा शनिवार बिहान भएको जिप दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सुदूरपश्चिम प्रदेश ०१००१ च ४०२८ नम्बरको जिप गणानबाट इराना जाँदै गर्दा सिगास १ को माँडौ भन्ने स्थानमा दुर्घटना भएको हो। घाइते हुनेहरूमा १४ वर्षीया जयन्ती धामी, ४० वर्षीय तुलसी धामी, १६ वर्षीया निरा धामी, १९ वर्षीया पार्वती धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी रहेका छन्।
घाइते सबैको अवस्था गम्भीर रहेको जनाइएको छ। घाइते सबैको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जिपमा चालकसहित ८ जना सवार रहेका थिए। दुर्घटनामा परेको जिप सडकबाट करिब ५ सय मिटर तल खसेको जनाइएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाको छ।...
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकार परिवर्तन हुन्छ भन्ने हावादारी कुराको प्रतिक्रिया दिन जरुरी नभएको बताएका छन् ।
शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री पौडेलले सरकार परिवर्तन हुन्छ भन्ने भ्रमपूर्ण र हावादारी कुरा दिनदिनै हुने गरेको भन्दै बजारु र हावादारी कुराको प्रतिक्रिया दिन जरुरी नभएको बताएका हुन् ।
अहिलेको कांग्रेस–एमालेबीचको सहकार्य ८४ सम्म भएकाले ८४ पछिमात्रै सरकार परिवर्तन हुने उनले बताए । मन्त्री पौडेलले सुशासन, आर्थिक सुधार र संविधान संसोधनका लागि एमाले र कांग्रेसबीच गठबन्धन भएकाले कुशासन र भ्रष्टाचार नियन्त्रणका साथै कालोबजारी र तस्करी नियन्त्रणमा सरकार लागिपरेको बताए ।
त्यस्तै, उनले नयाँ सरकार गठन भएपछि मुलुकको अर्थतन्त्र सुधार भएको दाबीसमेत गरे । गत वर्षभन्दा यस वर्षको पछिल्लो ६ महिनामा आर्थिक सूचकहरू सकारात्मक देखिए...
धनगढीः लागूऔषध मुद्दामा फरार धनगढीकी एक युवती पक्राउ परेकी छिन्।
जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएको धनगढी उपमहानगरपालिका-३ मिलन चोक बस्ने २८ वर्षीया सन्ध्या चौधरी पक्राउ परेकी हुन्। चौधरीलाई अस्थायी प्रहरी पोष्ट विशालनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रवार ट्राफिक चौराहा नजिकबाट पक्राउ गरेको जनाएको छ।...
काठमाडौं । पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ । शुक्रबार साँझ ७ः०८ बजे पर्वतको क्याङ केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।