Day: August 7, 2025

घानामा हेलिकोप्टर दुर्घटना : रक्षा र वातावरणमन्त्रीसहित आठ जनाको ज्यान गयो

घानामा हेलिकोप्टर दुर्घटना : रक्षा र वातावरणमन्त्रीसहित आठ जनाको ज्यान गयो

अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
घानाको अशान्ति क्षेत्रमा हिजो भएको सैन्य हेलिकोप्टर दुर्घटनामा रक्षामन्त्री र वातावरण मन्त्रीसहित आठ जनाको ज्यान गएको छ । यो पछिल्लो दशकयताकै घानामा भएको सबैभन्दा ठूलो हवाई दुर्घटनामध्ये एक मानिएको समाचासंस्था एपीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरूमा रक्षामन्त्री एडवार्ड ओमाने बोआमह, वातावरणमन्त्री इब्राहिम मुर्तला मोहम्मद, सत्तारूढ नेशनल डेमोक्रेटिक कंग्रेसका उपाध्यक्ष सामुएल सर्पोङ, राष्ट्रिय सुरक्षा सल्लाहकार मुनीरु मोहम्मद, र चार जना चालक दलका सदस्य रहेका छन् । हेलिकोप्टर राजधानी आक्राबाट बिहान सुनखनन क्षेत्र ओबुआसीतर्फ जाँदै गर्दा रडारबाट सम्पर्कविहीन भएको थियो। केही घण्टापछि त्यसको भग्नावशेष अदांसी, अशान्ति क्षेत्रमा फेला परेको समाचारमा जनाइएको छ । सरकारले यो दुर्घटनालाई ‘राष्ट्रिय शोक’ को संज्ञा दिएको छ । मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न रक्षामन्त्री बोआमहको नि...
अमेरिकाको भिसा लिन १५ हजार डलर धरौटी राख्नुपर्ने नियम

अमेरिकाको भिसा लिन १५ हजार डलर धरौटी राख्नुपर्ने नियम

Breaking News 2, अन्तर्राष्ट्रिय, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । अफ्रिकाका दुई देश मलावी र जाम्बियाका नागरिकले टूरिस्ट वा बिज्निस भिसाका लागि आवेदन गर्दा १५ हजार अमेरिकी डलर धरौटी राख्नुपर्ने अमेरिकाको विदेश मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालयद्वारा जारी एउटा सार्वजनिक सूचनाअनुसार बाह्रमहिने नमुना कार्यक्रमको उद्देश्य ’ओभरस्टे’ गर्ने अर्थात् भिसा अवधिभन्दा बढी समय बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्नु हो । जाँचका लागि आवश्यक जानकारी अपुग हुँदा पनि यो व्यवस्था लागु हुने छ । मलावी र जाम्बियाबाहेक अरू देशका नागरिकहरूले पनि छिट्टै त्यसै गरी धरौटी रकम जम्मा गर्नुपर्ने हुन सक्ने अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार अमेरिका भ्रमणको समाप्तिसँगै धरौटी रकम चाहिँ फिर्ता हुनेछ । अवैध आप्रवासीहरूको प्रवाह रोक्ने राष्ट्रपति डोनल्ड ट्रम्पका कैयौँ कदमअन्तर्गत अमेरिकी प्रशासनले यो नियम ल्याएको हो । ट्रम्पले दोस्रो कार्यकाल आरम्भ भएको पहिलो...