रवि लामिछानेले सांसदलाई सरकारी अस्पतालमै उपचार गर्न आग्रह गरे
रवि लामिछानेले आफ्ना पार्टीका नवनिर्वाचित सांसदहरूलाई सरकारी अस्पतालमै उपचार गराउन आग्रह गरेका छन्। ललितपुरको ग्वार्कोमा आयोजित अभिमुखीकरण कार्यक्रममा उनले आकस्मिक अवस्थाबाहेक निजी अस्पतालभन्दा सरकारी अस्पताललाई प्राथमिकता दिन निर्देशन दिएका हुन्।
सभापतिले भने, “सक्नुहुन्छ भने सरकारी अस्पतालमै उपचार गराउनुस्, म यसलाई बाध्यकारी भन्दिनँ, तर यसले जनताको अवस्था बुझ्न मद्दत गर्छ।” उनले स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि नेतृत्व तहबाट व्यवहारिक उदाहरण प्रस्तुत गर्नुपर्ने बताए।
लामिछानेले सांसदहरूलाई जनताको जीवनस्तर, सेवा पहुँच र स्वास्थ्य सेवामा रहेका कठिनाइ प्रत्यक्ष अनुभव गर्न यस्तो अभ्यास आवश्यक रहेको बताए। साथै, स्वास्थ्य क्षेत्रमा देखिएका अव्यवस्था र पहुँच असमानता अन्त्य गर्न नीति र व्यवहार दुबैमा परिवर्तन आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा उनले पार्टीभित्र विविध पृष्ठभूमिका व...







