२५ लाख रुपैयाँ बराबरको यौनवर्धक औषधि बरामद
रुपन्देही। भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको करिब २५ लाख रुपैयाँ मूल्य बराबरको यौनवर्धक औषधि सशस्त्र प्रहरीले बरामद गरेको छ।
सशस्त्र प्रहरी बलको टोलीले कपिलवस्तुको कृष्णनगर नगरपालिका–१, शिवनगर क्षेत्रबाट भारतबाट ल्याइँदै गरिएको अवस्थामा ३३० थान ‘युरिफिल इफेक्ट’ नामक यौनवर्धक औषधि बरामद गरेको हो।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) यज्ञमान साउदको नेतृत्वमा खटिएको टोलीले उक्त औषधि नियन्त्रणमा लिएको जनाएको छ। बरामद औषधिको अनुमानित बजार मूल्य २४ लाख ७५ हजार रुपैयाँ रहेको बताइएको छ।
सशस्त्र प्रहरी बल नम्बर २८ हेडक्वार्टरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीका अनुसार बरामद औषधि आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको छ।
स्वास्थ्यकर्मीका अनुसार उक्त औषधि यौन उत्तेजना बढाउन प्रयोग गरिन्छ। नेपालमा औषधि तथा सर्जिकल सामग्रीमा कर वृद्ध...






