सन्तान प्राप्तिको कामना गरिने प्रसिद्ध संतानेश्वर महादेव मन्दिर
ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–१३, झरुवारासीमा रहेको संतानेश्वर महादेव मन्दिर सन्तान प्राप्तिको कामना गर्ने भक्तजनका लागि आस्थाको महत्वपूर्ण धार्मिकस्थलका रूपमा परिचित छ।
स्थानीय बासिन्दा तथा मन्दिरका पुजारीका अनुसार यहाँ भगवान् शिवको श्रद्धापूर्वक पूजा–आराधना गरी सन्तान प्राप्तिको कामना गर्ने भक्तजनको ठूलो विश्वास रहेको छ। विशेषगरी सन्तान प्राप्तिको इच्छा राख्ने दम्पतीहरू मन्दिरमा पुगेर संतानेश्वर महादेवको पूजा, दर्शन तथा प्रार्थना गर्ने गर्छन्।
स्थानीय धार्मिक मान्यताअनुसार संतानेश्वर महादेवसँग सन्तानको कामना गर्दै श्रद्धापूर्वक पूजा गरेमा मनोकामना पूरा हुने विश्वास रहँदै आएको छ। यही आस्थाका कारण ललितपुर तथा आसपासका क्षेत्रका साथै टाढाटाढाबाट समेत भक्तजनहरू मन्दिरमा दर्शन तथा पूजाका लागि आउने गरेको स्थानीय बताउँछन्।
संतानेश्वर महादेव मन्दिर केवल धार्मिक आस्थाको केन्द्र मात्र ...






