गृहमन्त्री गुरुङ नुवाकोटमा, उद्धार तथा राहत व्यवस्थापनको स्थलगत अनुगमन
गृहमन्त्री सुधन गुरुङ नुवाकोट पुग्नुभएको छ। उहाँ स्थलगत सडकमार्ग हुँदै नुवाकोट पुगेर विपद् प्रभावित क्षेत्रको अवस्था र जारी उद्धार तथा राहत कार्यबारे जानकारी लिनुभएको हो।
गृहमन्त्री गुरुङले नुवाकोटस्थित नेपाली सेनाको नं. १ सैन्य तालिम गणमा पुगेर विपद्को पछिल्लो अवस्था, उद्धार अभियान तथा राहत व्यवस्थापनको स्थलगत निरीक्षण गर्नुभएको छ। सो क्रममा उहाँले प्रभावित नागरिकको उद्धार तथा राहत वितरणलाई थप प्रभावकारी बनाउन सम्बन्धित सुरक्षा निकाय र उद्धार टोलीलाई आवश्यक निर्देशन दिनुभएको छ।
यसअघि काठमाडौंमै रहेर उहाँले विभिन्न जिल्लामा विपद्को अवस्था तथा उद्धार कार्यबारे सुरक्षा निकाय र सम्बन्धित टोलीसँग निरन्तर समन्वय गर्दै जानकारी लिँदै आउनुभएको थियो। पछिल्लो अवस्थाको प्रत्यक्ष निरीक्षण तथा व्यवस्थापनमा आवश्यक समन्वय गर्न उहाँ नुवाकोट पुग्नुभएको बताइएको छ।
गृहमन्त्री गुरुङ केही समय नुवा...







