सोना सिमेन्ट र शुभम् हेल्थ केयरद्वारा १ करोड ५ लाख ९१ हजार राहत सहयोग
काठमाडौं । बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड (सोना सिमेन्ट) र शुभम् हेल्थ केयर प्रोडक्ट्सले संयुक्त रूपमा १ करोड ५ लाख ९१ हजार रुपैयाँ सहयोग गरेका छन्।
सोनापुर मिनरल्सका प्रबन्ध निर्देशक निपेश तायलसहितको टोलीले मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो।
सहयोगअन्तर्गत सोना सिमेन्टले CSR मार्फत ५१ लाख रुपैयाँ, कम्पनीका कर्मचारीहरूले एक दिनको तलबबाट ४ लाख ९१ हजार रुपैयाँ तथा शुभम् हेल्थ केयर प्रोडक्ट्सले ५० लाख रुपैयाँ प्रदान गरेका छन्।
रकम हस्तान्तरण गर्दै प्रबन्ध निर्देशक तायलले विपद्को कठिन अवस्थामा सरकारसँग सहकार्य गर्दै प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको बताए।
सहयोग ग्रहण गर्दै अर्थमन्त्री वाग्लेले विपद्को समयमा निजी क्षेत्रबाट प्राप्त सहयोगले राहत तथा पु...






