Day: September 16, 2026

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फरार

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फरार

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, मधेस प्रदेश, समाचार
जनकपुरधाम । सिरहामा प्रहरीको घेराबन्दी तोडेर भागेको एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद भएको छ। प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लिए पनि चालक भने फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मंगलबार राति करिब ८ बजे चोहर्वाबाट जयनगरतर्फ जाँदै गरेको ज १ च १२१३ नम्बरको एम्बुलेन्समा गाँजा ओसारपसार भइरहेको सूचना प्राप्त भएपछि प्रहरी परिचालन गरिएको थियो। प्रहरी निरीक्षक सुनिल चौरसियाको कमान्डमा खटिएको टोलीले एम्बुलेन्सलाई पछ्याउने क्रममा चालकले प्रहरीको निगरानी थाहा पाएपछि चोहर्वादेखि सिरहासम्म तीन स्थानमा राखिएका प्रहरी बेरिकेट तोडेर भागेको प्रहरीले जनाएको छ। थप प्रहरी टोली परिचालन गरी खोजी जारी राखिएपछि चालकले सिरहा नगरपालिका–१ स्थित हुलाकी सडकखण्डमा एम्बुलेन्स छाडेर फरार भएको प्रहरीले जनाएको छ। एम्बुलेन्स नियन्त्रणमा लिएर जाँच गर्दा पाँचवटा बोरा फेला परेका थिए। बोराभित्रको पदार्थ तौ...