अशोक दर्जीको शालीन प्रतिक्रिया : ‘टंक दाइ’ मेरो कर्म दिने बुवा हुनुहुन्छ, उहाँलाई केही भन्ने अधिकार छ
काठमाडौं । संगीतकार टंक बुढाथोकीले हिजो सार्वजनिक रूपमा व्यक्त गरेका भनाइलाई लिएर गायक अशोक दर्जीले आफ्नो धारणा सार्वजनिक गरेका छन्।
दर्जीले बुढाथोकीका भनाइप्रति प्रत्यक्ष जवाफ नदिई फेसबुकमार्फत शालीन प्रतिक्रिया दिएका हुन्। उनले बुढाथोकीले बोलेका विषयलाई विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा अतिरञ्जित रूपमा प्रस्तुत गरिएको भन्दै त्यसो नगर्न आग्रह गरेका छन्।
अशोकले फेसबुकमा लेखेका छन्, ‘हिजो एउटा कार्यक्रममा मेरा कर्म दिने टंक दाइले बोल्नुभएको विषयलाई लिएर विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा धेरै अतिरञ्जित ढंगले प्रस्तुत भइरहेको देखेँ। सबैसँग मेरो विनम्र अनुरोध छ– कृपया यस विषयलाई लिएर टंक दाइ र मलाई गाली नगर्नुहोला।’
उनले टंक बुढाथोकी आफ्नो जन्मदाता नभए पनि कर्म दिने बुवा भएको उल्लेख गर्दै आफ्ना सन्तानलाई केही भन्न उहाँलाई अधिकार रहेको बताएका छन्।
अशोकले भनेका छन्, ‘उहाँ मेर...






