गोरखनाथ मन्दिरको १९औँ वार्षिक साधारण सभा सम्पन्न, मठ–मन्दिर संरक्षण र संवर्द्धनमा जोड
धादिङ । धुनिबेँसी नगरपालिका–५ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गोरखनाथ मन्दिरको १९औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। मन्दिर परिसरमा आयोजित कार्यक्रममा धार्मिक, सामाजिक तथा राजनीतिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
साधारण सभामा धुनिबेँसी नगरपालिकाका नगर प्रमुख बालकृष्ण आचार्यको विशेष उपस्थिति रहेको थियो। त्यस्तै, मकवानपुरको थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीसहित गोरखा, सिन्धुपाल्चोक लगायत विभिन्न जिल्लाबाट आएका धार्मिक तथा राजनीतिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले नेपालका मठ–मन्दिर, धार्मिक स्थल तथा ऐतिहासिक सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। धार्मिक तथा सांस्कृतिक सम्पदाहरू केवल पूजा–आराधनाका स्थल मात्र नभई नेपालको मौलिक संस्कृति, परम्परा, इतिह...






