११ वर्षपछि एमाले बैठकमा विद्या भण्डारी, ओलीबाट लिइन् वरिष्ठ नेताको शपथ
काठमाडौं । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट वरिष्ठ नेताको पद तथा गोपनीयताको शपथ लिएकी छन्।
एमालेको ११औँ महाधिवेशनपछि गठित स्थायी कमिटीको पहिलो बैठक सुरु हुनुअघि बिहीबार पार्टी मुख्यालय च्यासलमा अध्यक्ष ओलीले भण्डारीलाई शपथ गराएका हुन्। शपथ ग्रहणसँगै भण्डारी वरिष्ठ नेताको हैसियतमा पहिलोपटक पार्टीको औपचारिक बैठकमा सहभागी भएकी छन्।
पूर्वराष्ट्रपति भण्डारीलाई पछिल्लो केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेतामा मनोनीत गरेको थियो। मनोनीत भएपछि उनी पहिलोपटक एमालेको स्थायी कमिटी बैठकमा सहभागी भएकी हुन्।
राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष रहेकी भण्डारीले राष्ट्रपति पदमा दुई कार्यकाल पूरा गरेपछि सक्रिय दलीय राजनीतिबाट बाहिर रहेकी थिइन्। करिब ११ वर्षपछि उनी पुनः एमालेको औपचारिक पार्टी गतिविधिमा फर्किएकी हुन्।
भण्डारीले वरिष्ठ नेताक...






