नवरात्रको तेस्रो दिनः माता चन्द्रघण्टाको विधिपूर्वक पूजा–आराधना गरिँदै
नवरात्रको तेस्रो दिन आज नवदुर्गामध्येकी तेस्रो स्वरूप माता चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा–आराधना गरिँदै छ। यस पावन अवसरमा दसैँघर, पूजा कोठा तथा विभिन्न देवी मन्दिरहरूमा भक्तजनहरूले श्रद्धा र भक्तिभावका साथ देवीको पूजापाठ तथा दर्शन गरिरहेका छन्।
धार्मिक तथा पौराणिक मान्यताअनुसार माता चन्द्रघण्टाले आफ्नो मस्तकमा अर्धचन्द्र धारण गर्नुभएको छ। उहाँको शिरमा रहेको घण्ट आकारको चन्द्रचिह्नका कारण उहाँलाई चन्द्रघण्टा नामले चिनिने धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ। मार्कण्डेय पुराणमा समेत माता चन्द्रघण्टाको स्वरूप र महिमाबारे वर्णन गरिएको पाइन्छ।
माता चन्द्रघण्टालाई शक्ति, साहस र पराक्रमकी प्रतीकका रूपमा पूजा गरिन्छ। धार्मिक विश्वासअनुसार उहाँको आराधना गर्नाले भक्तजनमा आत्मविश्वास, साहस तथा सकारात्मक ऊर्जा प्राप्त हुन्छ। उहाँले अन्याय, अत्याचार र दुष्ट शक्तिको नाश गरी धर्मको रक्षा गर्नुहु...






