उन्मत्तेश्वर महादेव मन्दिर परिसरमा नव निर्मित मन्दिर, धारा तथा ट्रस मुख्यमन्त्रि ज्यु द्वारा समुद्घाटन

थाहा नगरपालिका–६ स्थित श्री उन्मत्तेश्वर महादेव मन्दिर परिसरमा नव निर्मित मन्दिर, धारा तथा ट्रस भवनको समुद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रम श्रावण को अन्तिम दिन सोमबार पारेर संरचनाको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्नुभएको थियो।

कार्यक्रमका क्रममा मुख्यमन्त्री बानियाँले उन्मत्तेश्वर महादेव मन्दिरमा विधिपूर्वक पूजापाठ गरी भगवान् शिवको दर्शन तथा पूजा-अर्चना गर्नुभएको थियो। सो अवसरमा उहाँले सनातन धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिँदै नयाँ पुस्तालाई आफ्नो धर्म, संस्कृति र परम्पराबारे जानकारी गराउँदै त्यसको संरक्षणमा प्रेरित गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, उन्मत्तेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारीहरू, थाहा नगरपालिका–६ का वडाध्यक्ष, स्थानीय जनप्रतिनिधि, विभिन्न सामाजिक व्यक्तित्व तथा श्रद्धालु भक्तजनहरूको बाक्लो उपस्थिति रहेको थियो।

सोही अवसरमा मन्दिर व्यवस्थापनमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको हातबाट अभिनन्दनपत्रसमेत प्रदान गरिएको थियो।

पूजापाठ तथा सम्मान कार्यक्रम सम्पन्न भएपछि मुख्यमन्त्री बानियाँले नव निर्मित संरचनाहरूको विधिवत् समुद्घाटन गर्नुभएको थियो। भक्तजन तथा स्थानीयवासीको उल्लेख्य सहभागिताका बीच सम्पन्न कार्यक्रमले उन्मत्तेश्वर महादेव मन्दिरको धार्मिक तथा सांस्कृतिक महत्वलाई थप उजागर गरेको छ।

छुटाउनुभयो कि ?

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...
राजीनामापछि रुँदै मन्त्रालयबाट बाहिरिइन् गौरीकुमारी यादव

राजीनामापछि रुँदै मन्त्रालयबाट बाहिरिइन् गौरीकुमारी यादव

इन्धन आपूर्ति सहज बनाउन नसकेको तथा उद्योगीलाई ‘पाता कस्ने’ अभिव्यक्ति दिएपछि विवादमा परेकी उद्योगमन्त्री गौरीकुमारी यादवले राजीन...
बाढीपीडितको उद्धारमा टोखाको साथ, सशस्त्र प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

बाढीपीडितको उद्धारमा टोखाको साथ, सशस्त्र प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई टोखा नगरपालिकाले आवश्यक उद्धार सामग्री उप...
अभिनेत्री तथा सामाजिक अभियन्ता माया थामीलाई ‘International Excellence Award 2026’ मा विशेष सम्मानित

अभिनेत्री तथा सामाजिक अभियन्ता माया थामीलाई ‘International Excellence Award 2026’ मा विशेष सम्मानित

अभिनेत्री तथा सामाजिक अभियन्ता मायादेवी थामीलाई कला तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै ‘International Excell...
International Excellence Award 2026 बाट कुमार भट्टराई सम्मानित

International Excellence Award 2026 बाट कुमार भट्टराई सम्मानित

काठमाडौं । International Excellence Award 2026 बाट एक्सप्रेस टिभी न्युज नेपालका प्रबन्ध निर्देशक कुमार भट्टराई सम्मानित भएका...
नुवाकोटपछि रसुवाका बाढीपीडितको सहारामा गायक दुर्गेश थापा

नुवाकोटपछि रसुवाका बाढीपीडितको सहारामा गायक दुर्गेश थापा

काठमाडौं । भोटेकोशीमा बाढी आएको भोलिपल्टदेखि नै गायक दुर्गेश थापा नुवाकोटका बाढी प्रभावितको उद्धार तथा राहतमा सक्रिय रहँदै आएका ...