उन्मत्तेश्वर महादेव मन्दिर परिसरमा नव निर्मित मन्दिर, धारा तथा ट्रस मुख्यमन्त्रि ज्यु द्वारा समुद्घाटन
Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, प्रदेश समाचार, बागमती, समाचार
थाहा नगरपालिका–६ स्थित श्री उन्मत्तेश्वर महादेव मन्दिर परिसरमा नव निर्मित मन्दिर, धारा तथा ट्रस भवनको समुद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रम श्रावण को अन्तिम दिन सोमबार पारेर संरचनाको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्नुभएको थियो।
कार्यक्रमका क्रममा मुख्यमन्त्री बानियाँले उन्मत्तेश्वर महादेव मन्दिरमा विधिपूर्वक पूजापाठ गरी भगवान् शिवको दर्शन तथा पूजा-अर्चना गर्नुभएको थियो। सो अवसरमा उहाँले सनातन धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिँदै नयाँ पुस्तालाई आफ्नो धर्म, संस्कृति र परम्पराबारे जानकारी गराउँदै त्यसको संरक्षणमा प्रेरित गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, उन्मत्तेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारीहरू, थाहा नगरपालिका–६ का वडाध्यक्ष, स...






