नुवाकोटपछि रसुवाका बाढीपीडितको सहारामा गायक दुर्गेश थापा

काठमाडौं । भोटेकोशीमा बाढी आएको भोलिपल्टदेखि नै गायक दुर्गेश थापा नुवाकोटका बाढी प्रभावितको उद्धार तथा राहतमा सक्रिय रहँदै आएका छन्। सुरुवातमा उनले विदुरका बाढीपीडितलाई लत्ताकपडा वितरण गर्नुका साथै आफैं खाना पकाएर खुवाएका थिए।

बाढीका कारण आसपासका पुलहरू बगाएपछि थापा गल्छीको बाटो हुँदै करिब ११ घण्टा घुमेर त्रिशूली नदीपारि रहेको कोलोनी क्षेत्रका पीडितसम्म पुगेका थिए। त्यहाँ पनि उनले आवश्यक राहत सामग्री वितरण गर्दै पीडितलाई सहयोग गरेका थिए।

नुवाकोटमा नौ दिनसम्म राहत तथा उद्धारमा खटिएका थापा आज रसुवातर्फ लागेका छन्। रसुवाको कालिका गाउँपालिका–१, २ र ३ का बाढीपीडितका लागि अत्यावश्यक लत्ताकपडा, दाल, चामल तथा भाँडाकुँडालगायत सामग्री बोकेर उनी त्यसतर्फ गएका हुन्।

थापाका अनुसार धेरै व्यक्तिले फोन तथा सन्देशमार्फत कालिका गाउँपालिकाका ती वडामा अझै राहत पर्याप्त रूपमा पुग्न नसकेको जानकारी गराएका थिए। त्यसपछि उनले सम्बन्धित वडाध्यक्षसँग सम्पर्क गर्दा त्यहाँको अवस्था गम्भीर रहेको र डेढ सयभन्दा बढी पीडितले अझै राहत पाउन नसकेको जानकारी पाएपछि रसुवा जाने निर्णय गरेका हुन्।

नुवाकोटमा नौ दिनसम्मको उद्धार तथा राहत अभियानमा लागेको सम्पूर्ण खर्च आफूले नै बेहोरेको थापाले बताए। लत्ताकपडादेखि खाद्यान्नसम्म आफ्नै खर्चमा व्यवस्थापन गरेको उनले बताए। रसुवातर्फ जाने क्रममा भने आफन्त तथा साथीभाइबाट सहयोग प्राप्त भएको उनको भनाइ छ। जापानस्थित घुम्ते युवा परिवारसहित विभिन्न साथीभाइले आर्थिक सहयोग गरेको थापाले जानकारी दिए।

बाढी प्रभावित क्षेत्रको अवस्था अत्यन्तै दर्दनाक रहेको थापाले बताए। नदी किनारमा दुर्गन्ध फैलिएको तथा गाईवस्तुदेखि मानिसका शवसमेत भेटिएको उनले उल्लेख गरे।

थापाले सरकारलाई अझै पनि उद्धारको आवश्यकता रहेका स्थानमा तत्काल ध्यान दिन आग्रह गरेका छन्। उनले भने, “अझै पनि कतिपय मानिस फसेका छन्। हेलिकोप्टरबाट नदी आसपासका क्षेत्रमा निगरानी बढाएर फसेकाहरूको तत्काल उद्धार गर्नुपर्छ। सुत्नलाई जसोतसो व्यवस्था भए पनि खानाको अवस्था निकै कठिन छ। सरकारले छिटोभन्दा छिटो आवश्यक खाद्यान्न तथा राहतको व्यवस्था गर्नुपर्छ।”

छुटाउनुभयो कि ?

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...
सोना सिमेन्ट र शुभम् हेल्थ केयरद्वारा १ करोड ५ लाख ९१ हजार राहत सहयोग

सोना सिमेन्ट र शुभम् हेल्थ केयरद्वारा १ करोड ५ लाख ९१ हजार राहत सहयोग

काठमाडौं । बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड (सोना सिमेन्ट) र शुभम् हेल्थ केयर...
बाढीपीडितको उद्धारमा टोखाको साथ, सशस्त्र प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

बाढीपीडितको उद्धारमा टोखाको साथ, सशस्त्र प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई टोखा नगरपालिकाले आवश्यक उद्धार सामग्री उप...
अभिनेत्री तथा सामाजिक अभियन्ता माया थामीलाई ‘International Excellence Award 2026’ मा विशेष सम्मानित

अभिनेत्री तथा सामाजिक अभियन्ता माया थामीलाई ‘International Excellence Award 2026’ मा विशेष सम्मानित

अभिनेत्री तथा सामाजिक अभियन्ता मायादेवी थामीलाई कला तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै ‘International Excell...
International Excellence Award 2026 बाट कुमार भट्टराई सम्मानित

International Excellence Award 2026 बाट कुमार भट्टराई सम्मानित

काठमाडौं । International Excellence Award 2026 बाट एक्सप्रेस टिभी न्युज नेपालका प्रबन्ध निर्देशक कुमार भट्टराई सम्मानित भएका...