Day: September 4, 2026

नुवाकोटपछि रसुवाका बाढीपीडितको सहारामा गायक दुर्गेश थापा

नुवाकोटपछि रसुवाका बाढीपीडितको सहारामा गायक दुर्गेश थापा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । भोटेकोशीमा बाढी आएको भोलिपल्टदेखि नै गायक दुर्गेश थापा नुवाकोटका बाढी प्रभावितको उद्धार तथा राहतमा सक्रिय रहँदै आएका छन्। सुरुवातमा उनले विदुरका बाढीपीडितलाई लत्ताकपडा वितरण गर्नुका साथै आफैं खाना पकाएर खुवाएका थिए। बाढीका कारण आसपासका पुलहरू बगाएपछि थापा गल्छीको बाटो हुँदै करिब ११ घण्टा घुमेर त्रिशूली नदीपारि रहेको कोलोनी क्षेत्रका पीडितसम्म पुगेका थिए। त्यहाँ पनि उनले आवश्यक राहत सामग्री वितरण गर्दै पीडितलाई सहयोग गरेका थिए। नुवाकोटमा नौ दिनसम्म राहत तथा उद्धारमा खटिएका थापा आज रसुवातर्फ लागेका छन्। रसुवाको कालिका गाउँपालिका–१, २ र ३ का बाढीपीडितका लागि अत्यावश्यक लत्ताकपडा, दाल, चामल तथा भाँडाकुँडालगायत सामग्री बोकेर उनी त्यसतर्फ गएका हुन्। थापाका अनुसार धेरै व्यक्तिले फोन तथा सन्देशमार्फत कालिका गाउँपालिकाका ती वडामा अझै राहत पर्याप्त रूपमा पुग्न नसकेको जानकारी गराएका थिए...