नयाँ प्रणालीमार्फत सवारी लाइसेन्स छपाइ सुरु, प्रदेशले नछापे केन्द्रबाटै छपाइ हुने

काठमाडौं । सरकारले साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सुरु गरेको छ।

सेवाग्राहीको बढ्दो चाप र लामो समयदेखि थुप्रिएको लाइसेन्स छपाइ तथा वितरणको समस्या समाधान गर्ने उद्देश्यले यातायात व्यवस्था विभागले नयाँ प्रविधिमा आधारित प्रणाली सञ्चालनमा ल्याएको हो।

नयाँ प्रणाली लागू भएसँगै नयाँ लाइसेन्स लिनेदेखि पुरानो लाइसेन्स नवीकरणसम्मको प्रक्रिया थप छरितो, सहज र प्रविधिमैत्री हुने अपेक्षा गरिएको छ।

ईडीएलभिआरएसमा प्रविष्ट भएका सेवाग्राहीका विवरण सिधै सुरक्षण मुद्रण केन्द्रमा पुग्नेछन्। त्यहाँ लाइसेन्स छपाइ सम्पन्न भएपछि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइने व्यवस्था गरिएको छ।

यसबाट विगतमा लाइसेन्स छपाइ तथा वितरणमा देखिँदै आएको ढिलाइ कम हुने विभागको विश्वास छ।

नयाँ प्रणालीअन्तर्गत पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरी वितरणका लागि हुलाकमार्फत सम्बन्धित कार्यालयमा पठाइसकिएको विभागले जनाएको छ।

नयाँ व्यवस्थाअनुसार प्रदेश सरकारले सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गरी आफैं पनि लाइसेन्स छपाइ गर्न सक्नेछन्। यही प्रावधानअनुसार मधेश प्रदेशले आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ सुरु गरेको छ भने लुम्बिनी प्रदेश सरकारले पनि शुक्रबार सम्झौता गरी छपाइ प्रक्रिया अघि बढाउने भएको छ।

तर कुनै प्रदेशले सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता नगरेमा सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रको समन्वयमा केन्द्रबाटै लाइसेन्स छपाइ गर्ने व्यवस्था मिलाइएको विभागका अधिकारीहरूले बताएका छन्।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...