Day: September 20, 2026

नयाँ प्रणालीमार्फत सवारी लाइसेन्स छपाइ सुरु, प्रदेशले नछापे केन्द्रबाटै छपाइ हुने

नयाँ प्रणालीमार्फत सवारी लाइसेन्स छपाइ सुरु, प्रदेशले नछापे केन्द्रबाटै छपाइ हुने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । सरकारले साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सुरु गरेको छ। सेवाग्राहीको बढ्दो चाप र लामो समयदेखि थुप्रिएको लाइसेन्स छपाइ तथा वितरणको समस्या समाधान गर्ने उद्देश्यले यातायात व्यवस्था विभागले नयाँ प्रविधिमा आधारित प्रणाली सञ्चालनमा ल्याएको हो। नयाँ प्रणाली लागू भएसँगै नयाँ लाइसेन्स लिनेदेखि पुरानो लाइसेन्स नवीकरणसम्मको प्रक्रिया थप छरितो, सहज र प्रविधिमैत्री हुने अपेक्षा गरिएको छ। ईडीएलभिआरएसमा प्रविष्ट भएका सेवाग्राहीका विवरण सिधै सुरक्षण मुद्रण केन्द्रमा पुग्नेछन्। त्यहाँ लाइसेन्स छपाइ सम्पन्न भएपछि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइने व्यवस्था गरिएको छ। यसबाट विगतमा लाइसेन्स छपाइ तथा वितरणमा देखिँदै आएको ढिलाइ कम हुने विभागको विश्वास छ। नया...