
काठमाडौं । प्रधानमन्त्री Balendra Shahले प्राविधिक तथा व्यावसायिक पृष्ठभूमि भएका सांसदहरूलाई आफ्नो ज्ञान, सीप र अनुभव देश निर्माणमा उपयोग गर्न आग्रह गरेका छन्।
सिंहदरबारमा बुधबार आयोजित छलफलका क्रममा प्रधानमन्त्री शाहले सांसदहरूले दलीय राजनीतिक भूमिकासँगै आफूले हासिल गरेको प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई समेत प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका हुन्।
उनले देशको दीर्घकालीन नीति, विकास योजना तथा सार्वजनिक सेवाको सुधारमा प्राविधिक ज्ञान र व्यावसायिक अनुभवको प्रभावकारी प्रयोग आवश्यक रहेको बताएका छन्।
प्रधानमन्त्री शाहले सांसदहरूलाई आफ्नो क्षेत्रगत विज्ञता र अनुभवलाई राष्ट्रको विकास तथा समृद्धिका लागि उपयोग गर्नुपर्नेमा जोड दिएका छन्।
यसअघि पनि प्रधानमन्त्री शाहले प्राविधिक तथा युवा सांसदहरूसँग प्रविधि, डिजिटल शासन, रोजगारी, स्टार्टअप, प्राविधिक शिक्षा, स्वास्थ्य तथा दिगो विकासलगायतका विषयमा छलफल गर्दै आएका छन्।