प्रधानमन्त्री शाहको आग्रह
प्रधानमन्त्री शाहको आग्रह : सांसदहरूले आफ्नो विज्ञता देश विकासमा लगाउनुपर्छ
काठमाडौं । प्रधानमन्त्री Balendra Shahले प्राविधिक तथा व्यावसायिक पृष्ठभूमि भएका सांसदहरूलाई आफ्नो ज्ञान, सीप र अनुभव देश निर्माणमा उपयोग गर्न आग्रह गरेका छन्।
सिंहदरबारमा बुधबार आयोजित छलफलका क्रममा प्रधानमन्त्री शाहले सांसदहरूले दलीय राजनीतिक भूमिकासँगै आफूले हासिल गरेको प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई समेत प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका हुन्।
उनले देशको दीर्घकालीन नीति, विकास योजना तथा सार्वजनिक सेवाको सुधारमा प्राविधिक ज्ञान र व्यावसायिक अनुभवको प्रभावकारी प्रयोग आवश्यक रहेको बताएका छन्।
प्रधानमन्त्री शाहले सांसदहरूलाई आफ्नो क्षेत्रगत विज्ञता र अनुभवलाई राष्ट्रको विकास तथा समृद्धिका लागि उपयोग गर्नुपर्नेमा जोड दिएका छन्।
यसअघि पनि प्रधानमन्त्री शाहले प्राविधिक तथा युवा सांसदह...







