अर्थमन्त्री वाग्ले अमेरिका पुगे, अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन्। वासिङ्टन डीसी पुगेका उनलाई कार्यवाहक नेपाली राजदूत शरदराज आरनसहित दूतावासका अधिकारीहरूले स्वागत गरेका छन्।

अमेरिका भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गासँग भेटवार्ता गर्ने कार्यक्रम छ। सोमबार तय गरिएको भेटमा नेपाल–अमेरिका आर्थिक सहकार्य विस्तार, विकास सहायता, पुनर्निर्माण तथा बृहत् आर्थिक सुधारका विषयमा छलफल हुने बताइएको छ।

भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण र विपद् उत्थानशील विकासका लागि थप सहयोग जुटाउने विषयमा पनि विश्व बैंक तथा अमेरिकी सरकारका प्रतिनिधिसँग छलफल हुने अर्थमन्त्रीको सचिवालयले जनाएको छ।

त्यस्तै, सडक, विद्युत् प्रसारण लाइनलगायत पूर्वाधार क्षेत्रमा लगानी बढाउँदै नेपालमा रोजगारी र आर्थिक अवसर सिर्जना गर्ने विषयलाई भ्रमणका क्रममा प्राथमिकता दिइनेछ। वाग्लेले इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेसनका उच्च अधिकारी तथा निजी क्षेत्रका प्रमुख लगानीकर्तासँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

छुटाउनुभयो कि ?

रास्वपाकी जेन–जी नेतृ गुञ्जन शाह ठकुरी क्यानको बोर्ड सदस्यमा मनोनीत

रास्वपाकी जेन–जी नेतृ गुञ्जन शाह ठकुरी क्यानको बोर्ड सदस्यमा मनोनीत

काठमाडौं । सरकारले गुञ्जन शाह ठकुरीलाई नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड सदस्यमा मनोनीत गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप...
नयाँ सरकार बने पनि नेपाली समाज बेचैन छ : गगन थापा

नयाँ सरकार बने पनि नेपाली समाज बेचैन छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँ सरकार गठनपछि बाहिरबाट हेर्दा अवस्था सामान्य देखिए पनि समाजमा रहेको जनअसन्तुष...
प्रहरीले इनरुवाबाट २ हजार ५ सय ६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

प्रहरीले इनरुवाबाट २ हजार ५ सय ६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

सुनसरी । प्रहरीले इनरुवा नगरपालिका–३ स्थित सखुवागाछी चोकबाट २ हजार ५ सय ६६ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्र...
अर्थमन्त्री वाग्ले अमेरिका पुगे, अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुँदै

अर्थमन्त्री वाग्ले अमेरिका पुगे, अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन्। वासिङ्टन डीसी पुगेका उ...
सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...