Day: October 4, 2026

अर्थमन्त्री वाग्ले अमेरिका पुगे, अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुँदै

अर्थमन्त्री वाग्ले अमेरिका पुगे, अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुँदै

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका छन्। वासिङ्टन डीसी पुगेका उनलाई कार्यवाहक नेपाली राजदूत शरदराज आरनसहित दूतावासका अधिकारीहरूले स्वागत गरेका छन्। अमेरिका भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गासँग भेटवार्ता गर्ने कार्यक्रम छ। सोमबार तय गरिएको भेटमा नेपाल–अमेरिका आर्थिक सहकार्य विस्तार, विकास सहायता, पुनर्निर्माण तथा बृहत् आर्थिक सुधारका विषयमा छलफल हुने बताइएको छ। भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण र विपद् उत्थानशील विकासका लागि थप सहयोग जुटाउने विषयमा पनि विश्व बैंक तथा अमेरिकी सरकारका प्रतिनिधिसँग छलफल हुने अर्थमन्त्रीको सचिवालयले जनाएको छ। त्यस्तै, सडक, विद्युत् प्रसारण लाइनलगायत पूर्वाधार क्षेत्रमा लग...