होल्डिङ सेन्टरमा बस्न नचाहने बाढीपीडितलाई सरकारले मासिक १५ हजार रुपैयाँ दिने

काठमाडौं । सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले गोरखा, धादिङ र बागलुङ जिल्लाका प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले जानकारी दिएका छन्।

निर्णयअनुसार गोरखाका चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिका तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ र २ लाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ। त्यस्तै, २०८३ असोज ८ देखि ११ गतेसम्मको वर्षाका कारण आएको बाढी तथा पहिरोबाट प्रभावित बागलुङका गलकोट र ढोरपाटन नगरपालिकालाई पनि उक्त सूचीमा समेटिएको छ।

सरकारले क्षतिग्रस्त निजी आवास भएका प्रभावित परिवारलाई होल्डिङ सेन्टरमा नबसी आफ्नै व्यवस्थापनमा अस्थायी बसोबास गर्न चाहेमा आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

निर्णयअनुसार वैकल्पिक बसोबासको व्यवस्था नभएसम्म बढीमा ६ महिनाका लागि राहत रकम प्रदान गरिनेछ। चार जनासम्म सदस्य भएका परिवारले प्रतिमहिना १५ हजार रुपैयाँ पाउनेछन् भने चार जनाभन्दा बढी सदस्य भएका परिवारले प्रत्येक अतिरिक्त सदस्यका लागि प्रतिमहिना थप २ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यो रकम बसोबास र जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले उपलब्ध गराइनेछ।

छुटाउनुभयो कि ?

सर्लाहीमा प्रसारण लाइनको टावरमा चढेकी १७ वर्षीया युवतीको तीन घण्टापछि सकुशल उद्धार

सर्लाहीमा प्रसारण लाइनको टावरमा चढेकी १७ वर्षीया युवतीको तीन घण्टापछि सकुशल उद्धार

सर्लाही । सर्लाहीको कविलासी नगरपालिका–२, पिपरियास्थित नवलपुर–चैनपुरा १३२ केभी प्रसारण लाइनको टावरमा चढेकी १७ वर्षीया युवतीको तीन...
होल्डिङ सेन्टरमा बस्न नचाहने बाढीपीडितलाई सरकारले मासिक १५ हजार रुपैयाँ दिने

होल्डिङ सेन्टरमा बस्न नचाहने बाढीपीडितलाई सरकारले मासिक १५ हजार रुपैयाँ दिने

काठमाडौं । सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। आज बसेको म...
१८ दिनपछि सञ्चालनमा आयो घिरिङ–डेढगाउँ जोड्ने कालीगण्डकीको पुल

१८ दिनपछि सञ्चालनमा आयो घिरिङ–डेढगाउँ जोड्ने कालीगण्डकीको पुल

तनहुँ। कालीगण्डकी नदीमा आएको बाढीले पहुँचमार्ग बगाएपछि अवरुद्ध बनेको तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको डेढगाउँ जोड्ने पक्की पु...
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

काठमाडौं। नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गाका पाँचौँ स्वरूप माता स्कन्दमाताको विधिपूर्वक पूजा–आराधना गरिँद...
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी तथा असिनासहित ...
११ वर्षपछि एमाले बैठकमा विद्या भण्डारी, ओलीबाट लिइन् वरिष्ठ नेताको शपथ

११ वर्षपछि एमाले बैठकमा विद्या भण्डारी, ओलीबाट लिइन् वरिष्ठ नेताको शपथ

काठमाडौं । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट वरिष्ठ नेताको ...
वरिष्ठ पत्रकार कुमार भट्टराईलाई ‘इन्टरनेसनल आइकन अवार्ड २०२६’ बाट सम्मानित

वरिष्ठ पत्रकार कुमार भट्टराईलाई ‘इन्टरनेसनल आइकन अवार्ड २०२६’ बाट सम्मानित

काठमाडौं । एक्सप्रेस टिभी न्युज नेपालका प्रबन्ध निर्देशक वरिष्ठ पत्रकार कुमार भट्टराई अन्तर्राष्ट्रिय अवार्ड बाट सम्मानित भएका...
थाहा नगरपालिका का उप नगरप्रमुख भरत गोपाली ले पाए अन्तररास्ट्रिय अवार्ड

थाहा नगरपालिका का उप नगरप्रमुख भरत गोपाली ले पाए अन्तररास्ट्रिय अवार्ड

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd Edition...