Day: October 16, 2026

सर्लाहीमा प्रसारण लाइनको टावरमा चढेकी १७ वर्षीया युवतीको तीन घण्टापछि सकुशल उद्धार

सर्लाहीमा प्रसारण लाइनको टावरमा चढेकी १७ वर्षीया युवतीको तीन घण्टापछि सकुशल उद्धार

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, मधेस प्रदेश, समाचार
सर्लाही । सर्लाहीको कविलासी नगरपालिका–२, पिपरियास्थित नवलपुर–चैनपुरा १३२ केभी प्रसारण लाइनको टावरमा चढेकी १७ वर्षीया युवतीको तीन घण्टापछि सकुशल उद्धार गरिएको छ। बिहीबार साँझ करिब ४:३० बजे प्रसारण लाइनको ४५ नम्बर टावरमा चढेकी युवतीलाई राति ८ बजे प्रहरीको संयुक्त टोलीले उद्धार गरेको हो। कविलासी नगरपालिका–७, सिरसिया निवासी ती युवती टावरमा चढेपछि सम्भावित दुर्घटना हुन नदिन विद्युत् सेवा बन्द गरिएको थियो। यसका कारण सर्लाहीका आधा दर्जनभन्दा बढी स्थानीय तहमा विद्युत् आपूर्ति प्रभावित भएको थियो। प्रसारण लाइनका प्रशासन प्रमुख कुनाल चौधरीका अनुसार प्रहरीको संयुक्त टोलीले लामो प्रयासपछि युवतीलाई सकुशल उद्धार गर्न सफल भएको हो।...
होल्डिङ सेन्टरमा बस्न नचाहने बाढीपीडितलाई सरकारले मासिक १५ हजार रुपैयाँ दिने

होल्डिङ सेन्टरमा बस्न नचाहने बाढीपीडितलाई सरकारले मासिक १५ हजार रुपैयाँ दिने

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले गोरखा, धादिङ र बागलुङ जिल्लाका प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले जानकारी दिएका छन्। निर्णयअनुसार गोरखाका चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिका तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ र २ लाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ। त्यस्तै, २०८३ असोज ८ देखि ११ गतेसम्मको वर्षाका कारण आएको बाढी तथा पहिरोबाट प्रभावित बागलुङका गलकोट र ढोरपाटन नगरपालिकालाई पनि उक्त सूचीमा समेटिएको छ। सरकारले क्षतिग्रस्त निजी आवास भएका प्रभावित परिवारलाई होल्डिङ सेन्टरमा नबसी आफ्नै व्यवस्थापनमा अस्थायी बसोबास गर्न चाहेमा आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ। निर्णयअनुसार वैकल्पिक बसोबासको...