
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा दुईवटा अध्यादेश जारी गर्नुका साथै संघीय संसद्बाट पारित एक विधेयक प्रमाणीकरण गरेका छन्।
राष्ट्रपतिको कार्यालयका अनुसार नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान र विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी अध्यादेश जारी गरिएको हो।
त्यसैगरी, संघीय संसद्बाट पारित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गरिएको छ।