नवरात्रको नवौँ दिन आज, दोहोर्‍याइँदै महाअष्टमीका कर्म; हनुमानढोकामा राति कालरात्रि पूजा

काठमाडौँ । यस वर्ष तिथि वृद्धि भएर दुई दिन अष्टमी परेकाले नवरात्रको नवौँ दिन पनि महाअष्टमीका धार्मिक कर्म दोहोर्‍याउन नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आग्रह गरेको छ।

समितिबाट स्वीकृत पात्रोअनुसार कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ। त्यसैले कात्तिक २ गते पनि दशैँघर वा पूजाकोठामा नवदुर्गामध्ये आठौँ देवी महागौरीको पूजा–आराधनासहित अष्टमीका अन्य धार्मिक विधि दोहोर्‍याउनुपर्ने धर्मशास्त्रविद्हरूले बताएका छन्।

यद्यपि, अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गतेकै राति गर्नुपर्ने पात्रोमा उल्लेख छ। अष्टमी तिथि दुई दिन परेकाले यस वर्ष नवरात्र दस रातसम्म मनाइने भएको छ। यससँगै विजयादशमीमा लगाइने टीकामा दस रातका जमरा प्रयोग गरिनेछ।

हनुमानढोकामा सोमबार राति कालरात्रि पूजा

हनुमानढोका दरबारमा राज्यका तर्फबाट गरिने कालरात्रि पूजा भने परम्पराअनुसार कात्तिक २ गते सोमबार राति गरिने भएको छ। दरबार हेरचाह अड्डाका अनुसार महाअष्टमीको कर्मपछि महानवमीका पूजा तथा अन्य धार्मिक विधि गर्ने परम्परालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको हो।

हनुमानढोकामा महाअष्टमीको अवसरमा १०८ पशु बलिसहित पूजा–आराधना गर्ने परम्परा रहँदै आएको छ।

छुटाउनुभयो कि ?

मुम्बईमा अभिनेता टाइगर श्रफलाई लक्षित गरी गोली प्रहार, चालक र अंगरक्षक घाइते

मुम्बईमा अभिनेता टाइगर श्रफलाई लक्षित गरी गोली प्रहार, चालक र अंगरक्षक घाइते

मुम्बई । भारतको मुम्बईस्थित जुहू क्षेत्रमा बलिउड अभिनेता टाइगर श्रफलाई लक्षित गरी अज्ञात समूहले उनको गाडीमाथि अन्धाधुन्ध गोली प्...
नवरात्रको नवौँ दिन आज, दोहोर्‍याइँदै महाअष्टमीका कर्म; हनुमानढोकामा राति कालरात्रि पूजा

नवरात्रको नवौँ दिन आज, दोहोर्‍याइँदै महाअष्टमीका कर्म; हनुमानढोकामा राति कालरात्रि पूजा

काठमाडौँ । यस वर्ष तिथि वृद्धि भएर दुई दिन अष्टमी परेकाले नवरात्रको नवौँ दिन पनि महाअष्टमीका धार्मिक कर्म दोहोर्‍याउन नेपाल पञ्च...
रोल्पामा अटो दुर्घटना हुँदा दुई महिलाको मृत्यु, चालकले हाम फालेर जोगिए

रोल्पामा अटो दुर्घटना हुँदा दुई महिलाको मृत्यु, चालकले हाम फालेर जोगिए

रोल्पा । घर्तीगाउँबाट पेदीखोलातर्फ जाँदै गरेको अटो दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ। ब्रेक फेल भएपछि अटो सडकबाट करिब ६...
सिन्धुलीमा सुमो सुनकोशी नदीमा खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता र ४ जनाको उद्धार

सिन्धुलीमा सुमो सुनकोशी नदीमा खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता र ४ जनाको उद्धार

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको टाटा सुमो सुनकोशी नदीमा खस्दा...
१८ दिनपछि सञ्चालनमा आयो घिरिङ–डेढगाउँ जोड्ने कालीगण्डकीको पुल

१८ दिनपछि सञ्चालनमा आयो घिरिङ–डेढगाउँ जोड्ने कालीगण्डकीको पुल

तनहुँ। कालीगण्डकी नदीमा आएको बाढीले पहुँचमार्ग बगाएपछि अवरुद्ध बनेको तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको डेढगाउँ जोड्ने पक्की पु...
नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

काठमाडौं। नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गाका पाँचौँ स्वरूप माता स्कन्दमाताको विधिपूर्वक पूजा–आराधना गरिँद...
भगवान् शिवले त्रिशूल गोप्दा फुट्यो सातधारा

भगवान् शिवले त्रिशूल गोप्दा फुट्यो सातधारा

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङमा अवस्थित ऐतिहासिक सातधारा धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण स्थलका...
नवरात्रको तेस्रो दिनः माता चन्द्रघण्टाको विधिपूर्वक पूजा–आराधना गरिँदै

नवरात्रको तेस्रो दिनः माता चन्द्रघण्टाको विधिपूर्वक पूजा–आराधना गरिँदै

नवरात्रको तेस्रो दिन आज नवदुर्गामध्येकी तेस्रो स्वरूप माता चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा–आराधना गरिँदै छ। यस पावन अवसरमा दस...