Day: October 19, 2026

मुम्बईमा अभिनेता टाइगर श्रफलाई लक्षित गरी गोली प्रहार, चालक र अंगरक्षक घाइते

मुम्बईमा अभिनेता टाइगर श्रफलाई लक्षित गरी गोली प्रहार, चालक र अंगरक्षक घाइते

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार
मुम्बई । भारतको मुम्बईस्थित जुहू क्षेत्रमा बलिउड अभिनेता टाइगर श्रफलाई लक्षित गरी अज्ञात समूहले उनको गाडीमाथि अन्धाधुन्ध गोली प्रहार गरेको बताइएको छ। घटनाले मुम्बईको सुरक्षा व्यवस्थामाथि समेत प्रश्न उठाएको छ। प्राप्त विवरणअनुसार, घटनाका क्रममा गाडीमा पाँच राउन्ड गोली प्रहार गरिएको थियो। आक्रमणमा अभिनेता टाइगर श्रफ भने सुरक्षित रहेको बताइएको छ। तर, उनका चालक र अंगरक्षक घाइते भएका छन्। घटनापछि प्रहरीले तत्काल अनुसन्धान अघि बढाएको छ। प्रहरीले घटनास्थल आसपासका सीसीटीभी फुटेज संकलन गरी आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान गर्ने प्रयास गरिरहेको छ। गोली प्रहार गर्नुको कारण, आक्रमणकारीहरूको पहिचान र घटनामा संलग्न अन्य व्यक्तिबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ। घटनाले बलिउड कलाकारहरूको सुरक्षाबारे फेरि चिन्ता बढाएको छ। यद्यपि, आक्रमणको वास्तविक कारण र घटनासम्बन्धी सबै विवरण आधिकारिक...
नवरात्रको नवौँ दिन आज, दोहोर्‍याइँदै महाअष्टमीका कर्म; हनुमानढोकामा राति कालरात्रि पूजा

नवरात्रको नवौँ दिन आज, दोहोर्‍याइँदै महाअष्टमीका कर्म; हनुमानढोकामा राति कालरात्रि पूजा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, समाचार
काठमाडौँ । यस वर्ष तिथि वृद्धि भएर दुई दिन अष्टमी परेकाले नवरात्रको नवौँ दिन पनि महाअष्टमीका धार्मिक कर्म दोहोर्‍याउन नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आग्रह गरेको छ। समितिबाट स्वीकृत पात्रोअनुसार कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ। त्यसैले कात्तिक २ गते पनि दशैँघर वा पूजाकोठामा नवदुर्गामध्ये आठौँ देवी महागौरीको पूजा–आराधनासहित अष्टमीका अन्य धार्मिक विधि दोहोर्‍याउनुपर्ने धर्मशास्त्रविद्हरूले बताएका छन्। यद्यपि, अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गतेकै राति गर्नुपर्ने पात्रोमा उल्लेख छ। अष्टमी तिथि दुई दिन परेकाले यस वर्ष नवरात्र दस रातसम्म मनाइने भएको छ। यससँगै विजयादशमीमा लगाइने टीकामा दस रातका जमरा प्रयोग गरिनेछ। हनुमानढोकामा सोमबार राति कालरात्रि पूजा हनुमानढोका दरबारमा राज्यका तर्फबाट गरिने कालरात्रि पूजा भने परम्पराअनुसार कात्तिक २ गते ...