बडादसैँमा नेपाल प्रहरीद्वारा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन

काठमाडौँ । बडादसैँको अवसरमा सर्वसाधारणको आवागमन सहज बनाउन नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ। प्रहरीले कात्तिक ३ र ४ गते दुई दिन तीनवटा रुटमा उक्त सेवा सञ्चालन गरेको हो।

प्रहरीका अनुसार रुट नम्बर १ अन्तर्गत नक्सालबाट सुरु हुने बस बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी र जयनेपाल हल हुँदै पुनः नक्साल फर्किनेछ।

त्यसैगरी, रुट नम्बर २ अन्तर्गत नक्सालबाट सुरु हुने बस रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी र सूर्यविनायक चोक हुँदै पुनः कोटेश्वर, विमानस्थल, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ र बालुवाटार हुँदै नक्साल फर्किनेछ।

रुट नम्बर ३ अन्तर्गत नक्सालबाट सुरु हुने बस सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायणगोपाल चोक, चक्रपथ, सुकेधारा, गौशाला, विमानस्थल, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ र महाराजगञ्ज हुँदै पुनः नक्साल पुग्नेछ।

नेपाल प्रहरीले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट दसैँका बेला सार्वजनिक यातायातको अभाव झेलिरहेका यात्रुहरूलाई आवतजावतमा सहजता मिल्ने अपेक्षा गरिएको छ।

उक्त सेवा टीकाको दिन बिहान ८ बजे पहिलो सिफ्ट र दिउँसो ३:३० बजे दोस्रो सिफ्टमा सञ्चालन हुने जनाइएको छ।

छुटाउनुभयो कि ?

बडादसैँमा नेपाल प्रहरीद्वारा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन काठमाडौँ । बडादसैँको अवसरमा सर्वसाधारणको आवागमन सह...
तपाई तान्त्रिक शक्ति प्राप्त गर्न चाहनु हुन्छ ?

तपाई तान्त्रिक शक्ति प्राप्त गर्न चाहनु हुन्छ ?

काठमाडौँको टोखा नगरपालिका वडा नं. २ मा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको चन्देश्वरी मन्दिरमा महाकाली माता विराजमान ह...
टाइगर श्रॉफमाथि गोली प्रहार प्रकरण : दुई महिनादेखि बेपत्ता नाबालिग अभियुक्त पक्राउ परेपछि परिवार स्तब्ध

टाइगर श्रॉफमाथि गोली प्रहार प्रकरण : दुई महिनादेखि बेपत्ता नाबालिग अभियुक्त पक्राउ परेपछि परिवार स्तब्ध

आइतबार साँझ मुम्बईको जुहू क्षेत्रमा अभिनेता टाइगर श्रॉफमाथि गोली प्रहार गरेको घटनामा संलग्न रहेको आरोप लागेका तीन जनामध्ये एक ...
महानवमीमा तलेजु भवानीको दर्शन गर्न भक्तजनको घुइँचो

महानवमीमा तलेजु भवानीको दर्शन गर्न भक्तजनको घुइँचो

काठमाडौँ । हनुमानढोका दरबार क्षेत्रस्थित ऐतिहासिक तलेजु भवानी मन्दिरमा महानवमीका अवसरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ। वर...
आज महाअष्टमी, माता महागौरीको विशेष पूजाआराधना गरिँदै

आज महाअष्टमी, माता महागौरीको विशेष पूजाआराधना गरिँदै

बडादसैँ तथा नवरात्रको आठौँ दिन आज आइतबार नवदुर्गाका आठौँ स्वरूप माता महागौरीको विधिपूर्वक पूजा–आराधना गरिँदैछ। यस अवसरमा देशभरका...
आज नवरात्रको सातौँ दिन, फूलपाती भित्र्याइँदै

आज नवरात्रको सातौँ दिन, फूलपाती भित्र्याइँदै

काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको सातौँ दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजा–...
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी, एक विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी, एक विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा दुईवटा अध्यादेश जारी गर्नुका साथै संघीय संसद्बाट पारित एक विधेयक प्र...
सर्लाहीमा प्रसारण लाइनको टावरमा चढेकी १७ वर्षीया युवतीको तीन घण्टापछि सकुशल उद्धार

सर्लाहीमा प्रसारण लाइनको टावरमा चढेकी १७ वर्षीया युवतीको तीन घण्टापछि सकुशल उद्धार

सर्लाही । सर्लाहीको कविलासी नगरपालिका–२, पिपरियास्थित नवलपुर–चैनपुरा १३२ केभी प्रसारण लाइनको टावरमा चढेकी १७ वर्षीया युवतीको तीन...