Day: October 21, 2026

बडादसैँमा नेपाल प्रहरीद्वारा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन

बडादसैँमा नेपाल प्रहरीद्वारा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, समाचार
काठमाडौँ । बडादसैँको अवसरमा सर्वसाधारणको आवागमन सहज बनाउन नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ। प्रहरीले कात्तिक ३ र ४ गते दुई दिन तीनवटा रुटमा उक्त सेवा सञ्चालन गरेको हो। प्रहरीका अनुसार रुट नम्बर १ अन्तर्गत नक्सालबाट सुरु हुने बस बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी र जयनेपाल हल हुँदै पुनः नक्साल फर्किनेछ। त्यसैगरी, रुट नम्बर २ अन्तर्गत नक्सालबाट सुरु हुने बस रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी र सूर्यविनायक चोक हुँदै पुनः कोटेश्वर, विमानस्थल, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ र बालुवाटार हुँदै नक्साल फर्किनेछ। रुट नम्बर ३ अन्तर्गत नक्सालबाट सुरु हुने बस सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायणगोपाल चोक, चक्रपथ, सुकेधारा, गौशा...