
नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा अन्तर्राष्ट्रिय अतिथि वक्ताका रूपमा सहभागी भएका छन्। बिहीबार नयाँदिल्ली पुगेका वाग्लेले ‘निकटताबाट समृद्धि: भारत–नेपालका अवसर’ शीर्षकको विशेष सत्रमा सम्बोधन गर्ने कार्यक्रम छ।
यसअघि उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री डा. एस. जयशंकर सहभागी सत्रहरूमा पनि उपस्थित भएका थिए। प्रधानमन्त्री मोदीसँग वाग्लेको संक्षिप्त भेटवार्ता समेत भएको थियो।