**रास्वपा उम्मेदवारको प्रचारमा प्रयोग भएको कारको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, चालकविरुद्ध मुद्दा दर्ता**

रौतहट क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शेख सगिर आलमको प्रचारमा प्रयोग भएको बा १५ च ४२४४ नम्बरको कारको ठक्करबाट ४ वर्षीया बालिका अल्फा खातुनको मृत्यु भएको छ। बिहीबार दिउँसो ईशनाथ नगरपालिका–४ मठियाटोल निवासी मोहम्मद सगिरकी छोरी अल्फा खातुनलाई उक्त कारले ठक्कर दिएको थियो।

घटनापछि गम्भीर घाइते बालिकालाई स्थानीयले तत्काल उपचारका लागि गौरस्थित सिटी अस्पताल पुर्‍याएका थिए। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनालगत्तै चालक फरार भए पनि करिब ४ घण्टापछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

कार चालक परोहा नगरपालिका–३ निवासी मुस्ताक आलमविरुद्ध सवारी ज्यान मुद्दा दर्ता गरी अनुसन्धानका लागि शुक्रबार जिल्ला अदालतबाट म्याद थपिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घटनास्थल नजिकको मस्जिदमा जडान गरिएको सिसिटीभी फुटेज प्रहरीले बरामद गरी अनुसन्धान अघि बढाएको छ। फुटेजमा कार गाउँभित्र प्रवेश गर्ने क्रममा सडक पार गर्न लागेकी बालिकालाई ठक्कर दिएको देखिएको प्रहरीले जनाएको छ।

यस घटनाप्रति रास्वपाले दुःख व्यक्त गर्दै सत्यतथ्य छानबिनका लागि प्रशासनलाई पूर्ण सहयोग गर्ने जनाएको छ। जिल्ला प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...