निर्वाचन सुरक्षाका लागि नेपाल–भारत सीमा नाका ७२ घण्टा अगावै बन्द गरिने
काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा नाका मतदानभन्दा ७२ घण्टा अगावै बन्द गरिने निर्णय गरिएको छ।
यो निर्णय मोरङको विराटनगरमा माघ २३ गते सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी)बीच भएको १६औँ डीआईजीस्तरीय समन्वय बैठकले गरेको हो। सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टका अनुसार निर्वाचन अवधिमा सीमा सुरक्षा कडा पार्दै अवाञ्छित गतिविधि नियन्त्रण गर्न सीमा नाका अस्थायी रूपमा बन्द गरिनेछ।
बैठकमा सीमा सुरक्षा सुदृढीकरण, सूचनाको आदानप्रदान, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रण, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागुऔषध ओसारपसार रोकथामलगायत विषयमा विस्तृत छलफल भएको थियो। साथै, सीमा स्तम्भ संरक्षण, संयुक्त गस्ती सञ्चालन, यात्रु सहजीकरण, विपद् उद्धार अभ्यास त...











