ओली झापा ५ मा एक साता बस्दै, निर्वाचन तयारीमा जुटे

झापा – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र झापा–५मा एक साता बस्ने कार्यक्रमसहित आइपुगेका छन्। आज चन्द्रगढी विमानस्थलमा उत्रिएपछि उनी बिर्तामोड हुँदै निर्वाचन क्षेत्र–५ पुगेका थिए।

उनी विमानस्थलमा प्रतिनिधि सभाका निवर्तमान सभामुख देवराज घिमिरे लगायत एमालेका नेताहरू र कार्यकर्ताहरूले स्वागत गरेका थिए। सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष ओलीले झापामा भइरहेको निर्वाचन तयारीबारे सुझाव मागे।

अध्यक्ष ओलीले शान्ति सुरक्षाको अवस्था र निर्वाचन वातावरणबारे पत्रकारहरूको प्रतिक्रिया सुनेपछि कार्यकर्ताहरुलाई अपिल गर्दै भने, “देश अहिले विषम परिस्थितिमा छ। देशलाई जोगाउन आवश्यक छ कि झापा एमालेमय र समग्र देश एमालेमय बनोस्।” उनले यसपटक झापालाई आफूले ‘ओलीमय’ बनाउने दाबी पनि गरे।

एमाले अध्यक्ष ओली यसअघि माघ ५ गते प्रतिनिधि सभा निर्वाचनको मनोनयन दर्ता गराउन झापा आएका थिए र माघ ९ गते काठमाडौँ फर्किएका थिए। यसपटक उनले झापा–५मा एक साता बस्ने कार्यक्रम तय गरेका छन्।

एमाले झापा सचिव तुलसी कार्कीका अनुसार, अध्यक्ष ओली भोली र पर्सी कमल गाउँपालिका केन्द्रित भेटघाटमा रहनेछन्। उनले भने, “कार्यक्रम पालिका केन्द्रित छन् र भेटघाटलाई प्राथमिकता दिइएको छ।”

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...