शान्तिबाटिका रत्नपार्कमा श्री अष्टलक्ष्मी साधना तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

काठमाडौं । धार्मिक आस्था, आध्यात्मिक जागरण तथा सनातन संस्कृतिको संरक्षण गर्ने उद्देश्यले काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा श्री अष्टलक्ष्मी साधना तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ। पूर्व बनझाक्री गुरु गोबिन्द ढुंगाना खत्रीको आयोजनामा हुने उक्त महायज्ञ  २०८२ साल माघ २४ गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएका छन्।

महायज्ञको औपचारिक शुभारम्भको पूर्वसन्ध्यामा आज भव्य कलश यात्रा सम्पन्न गरिएको छ। धार्मिक विधि–विधानअनुसार श्रद्धालु भक्तजनहरूको सहभागितामा सुरु भएको कलश यात्रा रानीपोखरीबाट प्रारम्भ भई रत्नपार्क हुँदै शान्तिबाटिकामा पुगेर समापन गरिएको थियो। परम्परागत बाजागाजा, वैदिक मन्त्र उच्चारण तथा भक्तजनहरूको जयघोषले वातावरण पूर्ण रूपमा भक्तिमय बनेको थियो। यस यात्राले महायज्ञको आध्यात्मिक महत्वलाई थप उजागर गर्नुका साथै सम्पूर्ण क्षेत्रलाई धार्मिक उर्जाले भरिएको अनुभूति गराएको सहभागीहरूले बताएका छन्।

 

यस महायज्ञमा प्रसिद्ध कथावाचक आचार्य किशोर नेपालद्वारा सात दिनसम्म श्रीमद्भागवतको दिव्य कथा वाचन गरिनेछ। आचार्य नेपालले श्रीमद्भागवतमा वर्णित भगवानका लीलाहरू, धर्म, कर्म, भक्ति र मोक्षको मार्गबारे सरल र प्रेरणादायी शैलीमा प्रवचन गर्ने कार्यक्रम तय गरिएको छ। कथा श्रवणबाट मानव जीवनमा सकारात्मक परिवर्तन, आत्मिक शान्ति तथा आध्यात्मिक उन्नति प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

आयोजक गुरु गोबिन्द ढुंगाना खत्रीले यो महायज्ञ समाजमा धार्मिक चेतना अभिवृद्धि, नैतिक मूल्यको संरक्षण तथा आध्यात्मिक एकताको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार महायज्ञ अवधिभर दैनिक पूजाआजा, अष्टलक्ष्मी साधना, भजन–कीर्तन तथा धार्मिक अनुष्ठानहरू सञ्चालन गरिनेछन्।

आयोजक समितिले सम्पूर्ण धर्मप्रेमी, श्रद्धालु भक्तजन तथा महानुभावहरूलाई उपस्थित भई पुण्य लाभ लिन तथा धार्मिक कार्यक्रममा सहभागी भई आध्यात्मिक आनन्द प्राप्त गर्न हार्दिक आग्रह समेत गरेको छ। यो महायज्ञले धार्मिक आस्था सुदृढ गर्नुका साथै समाजमा सकारात्मक ऊर्जा र आध्यात्मिक चेतना फैलाउने विश्वास गरिएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...