Day: February 7, 2026

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र नेपाल क्लियरिङ हाउसबीच डिजिटल भुक्तानी सम्झौता

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र नेपाल क्लियरिङ हाउसबीच डिजिटल भुक्तानी सम्झौता

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, समाचार, स्वस्थ्य
काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (कुकुल) ले भुक्तानी प्रणालीलाई पूर्ण रूपमा डिजिटल र स्वचालित बनाउन नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) सँग सम्झौता गरेको छ। यससँगै कुकुलले एनसिएचएलका विभिन्न डिजिटल भुक्तानी प्रणालीमार्फत भुक्तानी संकलन तथा वितरण कार्य सुरु गरेको जनाएको छ। सम्झौतापत्रमा कुकुलका कार्यकारी निर्देशक अशोक कुमार पौडेल र एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्। सम्झौतापछि कुकुलको प्रणालीलाई राष्ट्रिय भुक्तानी अन्तरापृष्ठसँग जोडिएको छ, जसबाट तलब, आपूर्तिकर्ता भुक्तानी, राजस्व तथा विभिन्न कोषसम्बन्धी रकम सिधै बैंक खातामा जम्मा गर्न सकिनेछ। कुकुलले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र सहज बनाउन डिजिटल भुक्तानी प्रणाली विस्तार गर्ने योजना अघि बढाएको जनाएको छ।...
पर्सा क्षेत्र नं. १ मा जसपा नेपालको घरदैलो अभियानलाई प्राथमिकता

पर्सा क्षेत्र नं. १ मा जसपा नेपालको घरदैलो अभियानलाई प्राथमिकता

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बागमती, मधेस प्रदेश, राजनीति, समाचार
        रामजी यादव २४ माघ, वीरगंज (पर्सा) जनता समाजवादी पार्टी (जसपा) नेपालले पर्सा निर्वाचन क्षेत्र नं. १ मा आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै घरदैलो अभियानलाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ। पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामनरेश यादवले जनताको समस्या बुझ्न र प्रत्यक्ष संवाद स्थापित गर्न घरदैलो कार्यक्रमलाई तीव्रता दिएका हुन्। उम्मेदवार यादवले चुनावी अभियानका क्रममा क्षेत्रका विभिन्न बस्ती र टोलमा पुगेर स्थानीय बासिन्दासँग भेटघाट गर्दै उनीहरूको दुःख, सुख र समस्याबारे जानकारी लिइरहेका छन्। उनले जनताको समस्या नै आफ्नो समस्या भएको उल्लेख गर्दै समाधानका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्। घरदैलो अभियानले मतदातासँग नजिकको सम्बन्ध स्थापित गर्नुका साथै जनविश्वास जित्न महत्वपूर्ण भूमिका खेलेको उनले बताए। अभियानका क्रममा उम्मेदवार यादवले युवापुस्...
शान्तिबाटिका रत्नपार्कमा श्री अष्टलक्ष्मी साधना तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

शान्तिबाटिका रत्नपार्कमा श्री अष्टलक्ष्मी साधना तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, धर्म / संस्कृति, बागमती, समाचार
काठमाडौं । धार्मिक आस्था, आध्यात्मिक जागरण तथा सनातन संस्कृतिको संरक्षण गर्ने उद्देश्यले काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा श्री अष्टलक्ष्मी साधना तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ। पूर्व बनझाक्री गुरु गोबिन्द ढुंगाना खत्रीको आयोजनामा हुने उक्त महायज्ञ  २०८२ साल माघ २४ गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएका छन्। महायज्ञको औपचारिक शुभारम्भको पूर्वसन्ध्यामा आज भव्य कलश यात्रा सम्पन्न गरिएको छ। धार्मिक विधि–विधानअनुसार श्रद्धालु भक्तजनहरूको सहभागितामा सुरु भएको कलश यात्रा रानीपोखरीबाट प्रारम्भ भई रत्नपार्क हुँदै शान्तिबाटिकामा पुगेर समापन गरिएको थियो। परम्परागत बाजागाजा, वैदिक मन्त्र उच्चारण तथा भक्तजनहरूको जयघोषले वातावरण पूर्ण रूपमा भक्तिमय बनेको थियो। यस यात्राले महायज्ञको आध्यात्मिक महत्वलाई थप उजागर गर्नुका साथै सम्पूर्ण क्षेत्रलाई धार्मि...
प्रधानमन्त्री कार्कीद्धारा अभिनेता सुनिल थापाप्रति श्रद्धाञ्जली

प्रधानमन्त्री कार्कीद्धारा अभिनेता सुनिल थापाप्रति श्रद्धाञ्जली

Breaking News 1, Breaking News 2, ताजा अपडेट, बागमती, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली चलचित्रका लोकप्रिय अभिनेता सुनिल थापाको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेकी छन्। उनले थापाको निधनले नेपाली मात्र नभई भारतीय चलचित्र क्षेत्रले समेत एक बहुमुखी प्रतिभा सम्पन्न कलाकार गुमाएको उल्लेख गरेकी छन्। प्रधानमन्त्री कार्कीले ‘चिनो’ चलचित्रका राते काइँलादेखि ‘मेरी कोम’का प्रशिक्षकसम्म थापाले निर्वाह गरेका खलनायक र सहनायकका सशक्त भूमिकाले दर्शकको मन जित्न सफल भएको बताएकी छन्। उनका अनुसार थापाले अभिनयमार्फत चलचित्र क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका थिए। शोक सन्देश जारी गर्दै प्रधानमन्त्रीले थापाले जीवन्त बनाएका पात्रहरू दर्शकको स्मृतिमा सधैं अमर रहने उल्लेख गरेकी छन्। उनले चार दशकभन्दा बढी समयसम्म गरेको समर्पण, साधना र योगदान भावी पुस्ताका कलाकारका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरेकी छन्। प्रधानमन्त्री कार्कीले ...