पर्सा क्षेत्र नं. १ मा जसपा नेपालको घरदैलो अभियानलाई प्राथमिकता

       

रामजी यादव
२४ माघ, वीरगंज (पर्सा)

जनता समाजवादी पार्टी (जसपा) नेपालले पर्सा निर्वाचन क्षेत्र नं. १ मा आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै घरदैलो अभियानलाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ। पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामनरेश यादवले जनताको समस्या बुझ्न र प्रत्यक्ष संवाद स्थापित गर्न घरदैलो कार्यक्रमलाई तीव्रता दिएका हुन्।

उम्मेदवार यादवले चुनावी अभियानका क्रममा क्षेत्रका विभिन्न बस्ती र टोलमा पुगेर स्थानीय बासिन्दासँग भेटघाट गर्दै उनीहरूको दुःख, सुख र समस्याबारे जानकारी लिइरहेका छन्। उनले जनताको समस्या नै आफ्नो समस्या भएको उल्लेख गर्दै समाधानका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्। घरदैलो अभियानले मतदातासँग नजिकको सम्बन्ध स्थापित गर्नुका साथै जनविश्वास जित्न महत्वपूर्ण भूमिका खेलेको उनले बताए।

अभियानका क्रममा उम्मेदवार यादवले युवापुस्तासँग आत्मीयता साटासाट गर्नुका साथै ज्येष्ठ नागरिकहरूबाट आशीर्वाद ग्रहण गरेका छन्। उनले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई ऐतिहासिक अवसरको रूपमा उल्लेख गर्दै मधेश र मधेशी समुदायको अधिकार र पहिचान सुदृढ गर्न आफ्नो विजय आवश्यक रहेको धारणा व्यक्त गरे।

उक्त घरदैलो अभियानमा जसपा नेपालका केन्द्रीय महासचिव लालबाबु राउत गद्दी, केन्द्रीय सदस्य शशीकपुर मियाँ, जिल्ला सचिव रितेश गुप्ता, नगर अध्यक्ष घनश्याम बाबु गुप्ता लगायतका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

जसपा नेपालले पर्सा क्षेत्र नं. १ मा चुनावी अभियानलाई थप प्रभावकारी बनाउँदै जनतासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने रणनीति अपनाएको जनाएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...