हेटौँडाको आन्तरिक राजस्व कार्यालयद्वारा ८० करोडभन्दा बढी राजस्व सङ्कलन

मकवानपुर, माघ २५ गते । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिनामा ८० करोड आठ लाख ९९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ।

कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा कुल तीन अर्ब २७ करोड ९२ लाख ३२ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा आठ करोड ८६ लाख १० हजार रुपैयाँले बढी हो।

उक्त अवधिमा अन्तःशुल्कबाट एक अर्ब ८८ करोड ६४ लाख ८७ हजार, आयकरबाट ५९ करोड ३२ लाख ७१ हजार, मूल्य अभिवृद्धि कर (भ्याट) बाट ४६ करोड ७१ लाख ३० हजार, स्वास्थ्य जोखिम करबाट २७ करोड ७३ लाख दुई हजार, ब्याजबाट तीन करोड ६९ लाख ४७ हजार तथा बहाल करबाट ८१ लाख २६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीले जानकारी दिनुभयो।

गत आर्थिक वर्षको सोही अवधिमा तीन अर्ब १९ करोड छ लाख २२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो। हाल कार्यालयमा आयकरतर्फ ३३ हजार ५९६, मूल्य अभिवृद्धि करतर्फ पाँच हजार ८४९, अन्तःशुल्कतर्फ एक हजार ५९८, विथहोल्डिङतर्फ ७११ र व्यक्तिगततर्फ ८१ हजार ८१२ करदाता सूचीकृत रहेका छन्।

कर दाखिला नगर्ने तथा ढिलाइ गर्ने करदातालाई लक्षित गरी घरदैलो अभियान, टेलिफोन र एसएमएसमार्फत ताकेता तथा करसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ। यस्ता अभियानमार्फत हालसम्म करिब १० करोड रुपैयाँ बक्यौता असुली गरिएको प्रमुख सुवेदीले बताउनुभयो।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...