बालेन शाहको डेरा कोठामा चोरी, तीन जना पक्राउ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको डेरा कोठामा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौँ–१६, बालाजु हाईट घर भएका र हाल बासवारी बस्ने ४२ वर्षीय मनिष राजवाहक, सिन्धुपाल्चोक, लिसंखुपाखर–६, पड्कु घर भएका र हाल काठमाडौँ–३१, गैरिगाँउ बस्ने ४६ वर्षीय खिम बहादुर खड्का तथा डोटी, दिपायल सिलगढी नगरपालिका–६ घर भई हाल धादिङ, धुनिबेशी नगरपालिका–७, खानीखोला बस्ने ४५ वर्षीय संजय श्रेष्ठ रहेका छन्।
प्रहरीले उनीहरुलाई विभिन्न मितिमा पक्राउ गरेको बताएको छ। पक्राउ परेकाहरू यसअघि पनि अपराधमा संलग्न रहेका थिए।...











