निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै बैतडीमा ३८७ नाल भरुवा बन्दुक प्रशासनलाई बुझाइयो

बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै बैतडीमा ३८७ नाल भरुवा बन्दुक जिल्ला प्रशासन कार्यालयमा बुझाइएको छ।

जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त सबै प्रकारका हातहतियार तथा गोलीगठ्ठा अनिवार्य रूपमा बुझाउन सूचना जारी गरेपछि हालसम्म उक्त सङ्ख्यामा भरुवा बन्दुक सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिएका छन्।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइहरूले सक्रिय रूपमा प्रहरी परिचालन गर्नुका साथै सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गरी हातहतियार सङ्कलन अभियान सञ्चालन गरेका छन्।

जिल्ला प्रशासन कार्यालयले माघ ६ गते सूचना प्रकाशित गर्दै माघ २० गतेभित्र सबै इजाजतप्राप्त हातहतियार बुझाइसक्न निर्देशन दिएको थियो। तर, तोकिएको समयभित्र सबै हातहतियार फिर्ता नआएपछि माघ मसान्तसम्म म्याद थप गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी विनोद भट्टराईले बताएका छन्।

प्रशासनका अनुसार बैतडीमा हालसम्म हातहतियारका लागि एक हजार ८६ वटा इजाजतपत्र वितरण गरिएको छ। तीमध्ये चालु आर्थिक वर्षमा ४५२ जनाले मात्र इजाजत नवीकरण गराएका छन्।

सङ्कलन गरिएका हातहतियार निर्वाचन अवधिभर सुरक्षित रूपमा राखिने र निर्वाचन सम्पन्न भएपछि सम्बन्धित धनीलाई नियमानुसार फिर्ता गरिने प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...