क्रिकेटले नेपाललाई एकता र पहिचान दिएको बालेन शाहको भनाइ, खेलाडीलाई शुभकामना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले क्रिकेटले नेपाललाई राष्ट्रिय एकता, पहिचान र सम्भावनाको मार्गमा अघि बढाएको बताएका छन्। सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले क्रिकेटले देशलाई जोड्ने मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा नेपाल र नेपालीको पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका हुन्।

उनले सन् २०१४ मा बंगलादेशमा सम्पन्न आईसीसी टी–२० विश्वकपमा नेपालले पहिलो पटक सहभागिता जनाएको स्मरण गर्दै अफगानिस्तान र हङकङलाई पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको बताए। उक्त प्रतियोगितामा नेपाली टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट प्रदर्शन गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिएको पनि उनले उल्लेख गरेका छन्।

बालेन शाहले नेपालले फेरि विश्वकप क्रिकेट खेल्न लागेको उल्लेख गर्दै क्रिकेटले नेपाली जनतामा खुशी, उत्साह र आशा जगाएको बताएका छन्। साथै क्रिकेटले खेलकुदसँगै व्यवसायिक सम्भावनाका क्षेत्रसमेत विस्तार गरेको उनको भनाइ छ।

उनले पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई क्रिकेटको भावी योजना, लक्ष्य र रणनीतिक जिम्मेवारी दिइएको जानकारी दिँदै उनको अनुभव, अनुशासन र नेतृत्वले नेपाली क्रिकेटको विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

सन्देशको अन्त्यमा उनले विश्वकपमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोलीका सम्पूर्ण खेलाडीलाई सफलताको शुभकामना दिँदै सिंगो देश टोलीको साथमा रहेको बताएका छन्।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...