श्रीकृष्णा प्रणामी प्रतिष्ठान नेपाल मुक्तिधाम इटहरीको ४७औँ वार्षिकोत्सव तथा मानव कल्याण आरोग्य ज्ञानमहायज्ञ मा मोहनी को माहाराजा लाई भब्य सम्मान

 

इटहरी । श्रीकृष्णा प्रणामी प्रतिष्ठान नेपाल मुक्तिधाम, इटहरीको ४७औँ वार्षिकोत्सवका अवसरमा आयोजित मंगल राधिका सदानन्द प्रणामी अस्पतालद्वारा सञ्चालित मानव कल्याण आरोग्य ज्ञानमहायज्ञ भव्य रूपमा सम्पन्न भएको छ। आध्यात्मिक जागरण, मानव कल्याण तथा स्वास्थ्य सचेतनालाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त कार्यक्रम भक्तजनका लागि विशेष महत्वको अवसर बनेको थियो।

कार्यक्रममा काठमाडौंबाट पूज्य मोहनीका महाराजा गुरु लाई भब्य रुपमा स्वागत गर्दै माया को चिनो प्रदान गरेको थियो भने सिक्किमबाट पधार्नु भएका कथावाचक पूज्य रोहित राज महाराजा जीले आफ्नो प्रवचनमार्फत भक्तजनलाई आध्यात्मिक ज्ञान प्रदान गर्नुभएको थियो। उहाँहरूको प्रेरणादायी प्रवचनले कार्यक्रममा उपस्थित सम्पूर्ण श्रद्धालुहरूलाई आध्यात्मिक ऊर्जा र मार्गदर्शन प्रदान गरेको थियो।

 

उक्त अवसरमा देशका विभिन्न स्थानबाट पधार्नु भएका गुरुजन, साधु–सन्त, धर्मप्रेमी तथा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा भजन–कीर्तन, प्रवचन तथा धार्मिक अनुष्ठानहरू सञ्चालन गरिएका थिए, जसले सम्पूर्ण वातावरणलाई भक्तिमय र आध्यात्मिक बनाएको थियो।

प्रतिष्ठानले विगतदेखि नै धर्म, शिक्षा, स्वास्थ्य तथा मानव सेवाका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। विशेष गरी मंगल राधिका सदानन्द प्रणामी अस्पतालमार्फत स्वास्थ्य सेवा तथा जनकल्याणका विभिन्न कार्यक्रम सञ्चालन गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै आएको छ।

यस प्रकारका धार्मिक तथा आध्यात्मिक कार्यक्रमले समाजमा नैतिकता, सद्भाव, सहिष्णुता र मानव सेवाको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले व्यक्त गरेका छन्। कार्यक्रमको सफल आयोजनाले इटहरी क्षेत्रलाई धार्मिक तथा आध्यात्मिक केन्द्रका रूपमा थप पहिचान दिलाएको सहभागीहरूले बताएका छन्।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...