
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत इस्लामाबाद युनाइटेडबाट खेल्ने भएका छन्। इस्लामाबाद युनाइटेडले उनलाई ६० लाख पाकिस्तानी रुपैयाँ (करिब ३१ लाख नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको जानकारी दिएको छ।
ऐरीको यो अनुबन्धसँगै उनी पीएसएलमा आबद्ध हुने नेपाली खेलाडीको सूचीमा थपिएका छन्। उत्कृष्ट प्रदर्शनका कारण अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा उनको माग बढ्दै गएको मानिन्छ।
इस्लामाबाद युनाइटेडले ऐरीको अनुभव र अलराउन्ड प्रदर्शनबाट टोलीलाई थप मजबुती मिल्ने विश्वास व्यक्त गरेको छ।