Day: February 12, 2026

नेपाल १२३ रनमै अलआउट, इटलीलाई १२४ रनको लक्ष्य

नेपाल १२३ रनमै अलआउट, इटलीलाई १२४ रनको लक्ष्य

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, खेलकुद, बागमती, समाचार
आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट अन्तर्गत जारी खेलमा नेपालले इटलीलाई १२४ रनको लक्ष्य दिएको छ। भारतको मुम्बईस्थित ऐतिहासिक वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा सबै विकेट गुमाउँदै १२३ रनमा समेटिएको हो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक २३ रन बनाए। आसिफ शेखले २२ रनको योगदान गर्दा दीपेन्द्रसिंह ऐरीले १७ रन जोडे। करण केसी १८ रनमा अविजित रहे। अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। आक्रामक खेल्ने प्रयासमा अधिकांश खेलाडी क्याच आउट हुन पुगेका थिए। बलिङतर्फ इटलीका क्रिशन कालुगामागेले ३ विकेट लिए भने बेन मानेन्टीले २ विकेट झारे। अब इटलीले जितका लागि २० ओभरमा १२४ रन बनाउनुपर्नेछ।...
रास्वपाका नेता प्रणय शमशेर राणाले दिए राजीनामा

रास्वपाका नेता प्रणय शमशेर राणाले दिए राजीनामा

Breaking News 1, Breaking News 2, आजको विशेष, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट राजीनामा दिएका छन्। उनले महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई सम्बोधन गर्दै बिहीबार राजीनामा पत्र पठाएका हुन्। राजीनामा पत्रमा राणाले पार्टीभित्र देखिएको बेथिति, आन्तरिक अभ्यासमा पारदर्शिताको अभाव तथा ‘प्राइमरी इलेक्सन’ प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन्। विशेष परिस्थितिको नाममा संगठनको नेतृत्व चयन अधिकार सीमित गरिएको तथा आर्थिक अपारदर्शिता देखिएको उनको आरोप छ। पार्टीले स्थापना कालमा उठाएको सुशासन र पारदर्शिताको एजेन्डा व्यवहारमा लागू नभएको उल्लेख गर्दै उनले सम्पूर्ण जिम्मेवारीबाट अलग भएको जनाएका छन्।...
पीएसएलमा दीपेन्द्रसिंह ऐरी, इस्लामाबाद युनाइटेडसँग अनुबन्ध

पीएसएलमा दीपेन्द्रसिंह ऐरी, इस्लामाबाद युनाइटेडसँग अनुबन्ध

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, बागमती, समाचार
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत इस्लामाबाद युनाइटेडबाट खेल्ने भएका छन्। इस्लामाबाद युनाइटेडले उनलाई ६० लाख पाकिस्तानी रुपैयाँ (करिब ३१ लाख नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको जानकारी दिएको छ। ऐरीको यो अनुबन्धसँगै उनी पीएसएलमा आबद्ध हुने नेपाली खेलाडीको सूचीमा थपिएका छन्। उत्कृष्ट प्रदर्शनका कारण अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा उनको माग बढ्दै गएको मानिन्छ। इस्लामाबाद युनाइटेडले ऐरीको अनुभव र अलराउन्ड प्रदर्शनबाट टोलीलाई थप मजबुती मिल्ने विश्वास व्यक्त गरेको छ।...