रौतहटको गौरमा दुई घण्टाका लागि कर्फ्यूमा आंशिक सहुलियत

गौर — रौतहटको सदरमुकाम गौरमा दुई समुदायबीच उत्पन्न विवादपछि लगाइएको कर्फ्यू आदेश आइतबार बिहान दुई घण्टाका लागि खुकुलो पारिएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीयवासीलाई दैनिक उपभोग्य वस्तु खरिद तथा अत्यावश्यक कार्य सम्पन्न गर्न सहज होस् भन्ने उद्देश्यले कर्फ्यूमा अस्थायी सहुलियत दिइएको हो।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी सूचनाअनुसार आइतबार बिहान ६ः३० बजेदेखि ८ः३० बजेसम्म कर्फ्यू खुकुलो पारिएको थियो। तर बिहान ८ः३० बजेपछि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू पुनः यथावत् रहने प्रशासनले स्पष्ट पारेको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(९क) बमोजिम जारी आदेशको उल्लङ्घन गरेमा कानुनी कारबाही गरिने चेतावनी दिइएको छ। बिहान ८ः३० बजेपछि घरबाहिर निस्कन, हिँडडुल गर्न तथा सवारी साधन सञ्चालन गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ। कर्फ्यू प्रभावित क्षेत्रमा सभा, जुलुस, घेराउ वा प्रदर्शन जस्ता गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ।

यद्यपि, एम्बुलेन्स, दमकल तथा सुरक्षाकर्मीका सवारी साधनलगायत अत्यावश्यक सेवामा संलग्न सवारीसाधनलाई भने अवरोध नहुने प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय गौरका अनुसार कर्फ्यूको क्षेत्र पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्म कायम गरिएको छ।

गौरको सबगढा क्षेत्रमा दुई पक्षबीच झडप भई अवस्था तनावपूर्ण बनेपछि शान्ति–सुरक्षा कायम राख्न प्रशासनले शुक्रबारदेखि नै कडा सुरक्षा व्यवस्था लागू गरेको हो। प्रशासनले सम्पूर्ण नागरिकलाई शान्ति, संयम र सरकारी निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ।

छुटाउनुभयो कि ?

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

धनगढी । लगातारको वर्षाका कारण बाढी, पहिरोलगायतका जोखिम बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा सवारीसाधन सञ...
सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

सुस्तामा डुबानमा परेका २५ जनाको सशस्त्र प्रहरीद्वारा उद्धार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा डुबानमा परेका २५ जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थान...
एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्स क्रिकेट : समूह विजेता बन्दै नेपाल क्वार्टरफाइनलमा

एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ। नेपाल र जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि...
स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

स्मार्ट लाइसेन्स छपाइमा पाँच प्रदेश पछि हटे, केन्द्रबाटै पुनः छपाइ सुरु

काठमाडौं । प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी गरिएको स्मार्ट ड्राइभिङ लाइसेन्स छपाइको जिम्मेवारी तत्कालका लागि संघीय सरकारमै...
पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको ‘पसिना’पछि विपत्तिको चर्चा

पालञ्चोक भगवतीको मूर्तिमा ‘पसिना’ आएको खबर सार्वजनिक भएपछि त्यसलाई सम्भावित विपत्तिको संकेतका रूपमा लिएर विभिन्न चर्चा भएका थिए।...
सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

सुरुङमा १० दिन फसेका सञ्जयले कपडाले छानेर ‘मोबिल मिसिएको पानी’ पिए

रसुवामा आएको बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म फसेका सञ्जय साहले ज्यान जोगाउन आफ्नै कपडाले छान...
आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज कुशेऔँसी, बुवाको मुख हेर्ने दिन

आज भाद्रकृष्ण औँसी अर्थात् कुशेऔँसी तथा बुवाको मुख हेर्ने दिन। वैदिक सनातन धर्मावलम्बीहरूले आज घर–घरमा पवित्र कुश भित्र्याएर देव...
देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

देवीघाटमा सेनाले पाँच दिनमै बनायो एक्रोब्रिज

नुवाकोट । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल ब...